धनकुटाको कार्कीछापमा म्याजिक भ्यान दुर्घटना     

धनकुटाको कार्कीछापमा म्याजिक भ्यान दुर्घटना  

धनकुटा, १९ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित कार्कीछापमा आज दिउँसो ‘म्याजिक भ्यान’ दुर्घटना हुँदा चालक घाइते भएका छन । धरानबाट धनकुटा तर्फ आउँदै गरेको  गरेको को १ च ८४८५ नम्बरको भ्यान ब्रेक फेल भएर पल्टिएको हो । दुर्घटनामा परी भ्यान चालक मोरङ कटहरी गाउँपालिका–४ का ३० बर्षीय चन्दन कामत घाइते भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए । घाईतेलाई उपचारका लागि...
करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

झापा।करेन्ट लागेर आज बिहान झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–६ बुट्टावारी निवासी २३ वर्षीय सन्देश राई रहेका छन् । उनलाई आज बिहान मल्टिप्लक जोड्ने क्रममा करेन्ट लागेको र उपचारका लागि कनकाई अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
धनकुटाबाट गोकर्ण बिष्टको उद्घोष: कसैको स्वार्थमा संविधान संशोधन हुन दिदैनौ

धनकुटाबाट गोकर्ण बिष्टको उद्घोष: कसैको स्वार्थमा संविधान संशोधन हुन दिदैनौ

धनकुटा, १८ साउन । नेकपा एमालेका सचिव गोकर्ण बिष्टले कांग्रेस र माओवादीले पार्टीगत स्वार्थ पुरा गर्ने उद्धेश्यले राष्ट्रिय स्वाधिनता र स्वतन्त्रतालाई कमजोर बनाउँने गरी संबिधान संशोधन गर्न खोजिरहेको आरोप लगाएका छन । धनकुटामा बुधबार प्रेस चौतारी नेपाल प्रदेश नं. १ को बिस्तारित बैठक उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै सचिव बिष्टले यस्तो बताएका हुन । जनताको नाम वेचेर जनतामाथि नै अन्याय हुँनेगरी कसैको स्...
विषालु सर्पडसाइबाट एकको मृत्यु

विषालु सर्पडसाइबाट एकको मृत्यु

लहान । विषालु सर्पको डसाइबाट सिरहाको लहान नगरपालिका १० गुदीगाउँमा हिजो साँझ एक जनाको मृत्यु भएको छ । लहान नगरपालिका १० गुदीगाउँ निवासी ४८ वर्षीय श्रीचन पासवान आफ्नै घरमा सुतिरहेका बेला अचानक विषालु सर्पले डसेर सिकिस्त भएपछि उपचारका लागि आफन्तले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।
ज्यान मार्ने उद्योगका प्रतिवादी दश महिना पछि पक्राउ

ज्यान मार्ने उद्योगका प्रतिवादी दश महिना पछि पक्राउ

पाँचथर । आफनै साथीमाथि हयाम्मर प्रहार गरी गम्भिर घाइते बनाई फरार भएका पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ का फरार एक ब्यक्तिलाई प्रहरीले दश महिना पछि पक्राउ गर्न सफल भएको छ । गत ०७३ असोज २२ गते राती मिक्लाजुङ गाउँपालिका वडा नम्बर ८ बस्ने हर्क बहादुर थक्लुलाई मारतल प्रहार गरी गम्भिर घाईते बनाई फरार रहेका सोही ठाउँ वस्ने मनिन्द्र थक्लुलाई प्रहरीले पक्राउ गरेको हो । फरार रहेका थक्लुलाई जिल्ला प...
बसको ठक्करबाट घाइते शर्माको मृत्यु

बसको ठक्करबाट घाइते शर्माको मृत्यु

इनरुवा। सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट घाइते भएका एकजनाको मंगलबार मृत्यु भएको छ । गत आइतबार सुनसरीको दुहबी नगरपालिकामा बसको ठक्करबाट साइकलमा सवार घाइते सुशील शर्माको उपचारको क्रममा मृत्यु भएको हो । कोशी राजमार्गअन्तर्गत सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ४९९७ बसले दुहबी नगरपालिका–६ बस्ने ४२ वर्षीय शर्मालाई ठक्कर दिएको थियो । ठक्करबाट...
इलाम देशकै दोस्रो सफा शहर

इलाम देशकै दोस्रो सफा शहर

इलाम। सरकारले धनकुटा नगरपालिकालाई देशकै सफा शहर घोषणा गरेको छ । त्यस्तै, इलाम दोस्रो सफा शहर र हेटौँडा तेस्रो सफा शहर घोषित भएका छन् । प्रथम हुने धनकुटाले रु १० लाख, इलामले रु सात लाख र हेटौँडाले रु चार लाख नगद प्राप्त गरेका छन् । नेपाल सरकार, संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले नेपालका २६३ नगरपालिकामध्ये धनकुटालाई सबैभन्दा सफा शहरका र...
राजविराजमा एक बालकको ट्र्याक्टरबाट लडेर मृत्यु

राजविराजमा एक बालकको ट्र्याक्टरबाट लडेर मृत्यु

राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–५ स्थित बोरियामा मंगलबार साँझ ट्र्याक्टरबाट लडेर एकजना बालकको मृत्यु भएको छ । सोही ठाउँ बस्ने रमेश रामका ६ वर्षीय छोरा प्रदीप रामको ट्र्याक्टरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ । राजविराजबाट सखडातर्फ जाँदै गरेको स १ त ३४६७ नम्बरको ट्र्याक्टरमा चढेका बालक ट्र्याक्टरबाट लडेर तल खस्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । यता शव प...
धनकुटामा प्रेस चौतारी १ नम्बर प्रदेशको विस्तारित बैठक

धनकुटामा प्रेस चौतारी १ नम्बर प्रदेशको विस्तारित बैठक

धनकुटा, १८ साउन । धनकुटामा बुधबार (आज) प्रेस चौतारी १ नम्वर प्रदेशको बिस्तारित बैठक बस्दैछ । आसन्न पत्रकार महासंघको केन्द्रिय चुनावलाई लक्षित गरी चौतारीको प्रदेश स्तरीय बैठक बस्न लागेको हो । धनकुटाको सिरवानी स्थित एमाले पार्टी कार्यालयमा दिउँसो १ बजेदेखि बैठक सुरु हुने प्रेस चौतारी धनकुटाका अध्यक्ष सन्तोष रुचालले जानकारी दिए । उनका अनुसार बैठकको सम्पुर्ण तयारी पुरा भएको छ । बैठक उद्घाटनका ला...
धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटामा अग्रदीपको वार्षिकोत्सवः पत्रकारलाई पुरस्कार, लेखकलाई सम्मान (फोटो फिचरसहित)

धनकुटा, १७ साउन । धनकुटावाट प्रकाशित हुदै आएको अग्रदीप साप्ताहिकको प्रथम बार्षिकोत्सवको अवसर पारेर मंगलबार एक पत्रकारलाई पुरस्कृत र छ जना लेखकलाई सम्मानित गरिएको छ । अग्रदीपले स्थापना गरेको ‘अग्रदीप संरक्षक क्रियासिल पत्रकारिता पुरस्कार’ बाट नागरिक दैनिकका जिल्ला सम्वाददाता सिद्धराज राईलाई ५ हजार १ सय ५१ नगदसहित पुरस्कृत गरिएको हो । कृषि, पर्यटन र सामाजिक विकासमा समाचार लेखे बापत पत्रकार र...
भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुरमा ८० प्रतिशत रोपाइँ सकियो

भोजपुर । साउन मध्यसम्ममा भोजपुर जिल्लामा ८० प्रतिशत धान रोपाइँ सकिएको बताइएको छ । भोजपुरमा समयमा वर्षा नभएको र स्थानीय तहको निर्वाचनले रोपाइँ केही प्रभावित भएको होे । विशेषगरी असारमा धान रोपाइँं गरिने भए तापनि कतिपय ठाउँमा साउनमा तौलिया धान निकालेपछि रोपाइँ गरिने भएकाले पनि कम रोपाइँ भएको जिल्ला कृषि विकास कार्यालय भोजपुरका प्राविधिक सहायक युकमणि भट्टराईले बताए । भोजपुरमा ६२ हजार २९२ हेक्टर खेत...
चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

चारआली–चन्द्रगढी सडक निर्माण अलपत्र

भद्रपुर । मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी सडकखण्ड निर्माण शुरु गरी अलपत्र छाडेर निर्माण ठेकेदार बेपत्ता भएपछि सरोकारवालाले निर्माण सञ्चालन गर्न ध्यानाकर्षण गराएका छन् । नेपाली काँग्रेस झापा क्षेत्र नं ३ का सभापति गणेश पोखरेलको नेतृत्वमा नेपाली काँग्रेस झापाका पूर्व जिल्ला सदस्य देवेन्द्र गौतम, विभूति विद्यामन्दिर, चन्द्रगढीका प्राचार्य गोविन्द लम्सालको टोलीले जिल्ला प्रशासनमार्फत सडक विभ...
पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

पन्ध्र वर्षपछि प्रहरी फन्दामा भीमबहादुर : जसले टर्च नदिएको निहुमा सन्तबहादुरको हत्या गरेका थिए

बनियानी, झापा। भुटानी शरणार्थीको हत्या गरी फरार एक अभियुक्तलाई १५ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । गत २०५८ फागुन २६ गते झापा खुदुनाबारी शिविर सेक्टर नम्बर एक हट नं ३१ का सन्तबहादुर अधिकारीलाई खुकुरी प्रहार गरेर हत्या गरी फरार भएका ताप्लेजुङ आम्वेगुदिन–५ का भीमबहादुर भट्टराईलाई प्रहरीले १५ वर्ष पाँच महिनापछि पक्राउ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक केशवकुमार थेवेले जानकारी दिए । ...
धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा अस्पतालमा शुलभ फार्मेसी, १० प्रतिसत छुटमा औषधी बिक्रि गरिने

धनकुटा, १६ साउन । जिल्ला अस्पताल धनकुटाले शुलभ फार्मेसी सञ्चालन गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरी फार्मेसी उद्घाटन गरिएको हो । कार्यक्रममा पूूर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशक डा.बिष्णु बहादुर बस्नेतले रिवन काटेर फार्मेसीको उद्घाटन गरेका हुन । सरकारले उपलब्ध गराउँदै आएको ७० प्रकारका निःशुल्क बाहेकका औषधी बिरामीलाई शुलभ मुल्यमा उपलब्ध गराउँनका लागि फार्मेसी सञ्चालन गरिएको हो । सबै प्रका...
ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

ठेकेदारको लापरवाही : दुई महिना नपुग्दै इलाममा पुल भत्कियो

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ स्थित चाँजु खोलामा हालै निर्माण भएको झोलुङ्गे पुल भत्किएको छ । तीन दिनअघि चाँजु खोलामा आएको बाढीले पुल भत्काएको हो । वैशाख अन्तिम साता मात्र निर्माण सम्पन्न भएको पुल भत्किएपछि स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । चुलाचुलीमा सानाठूला करिब एक दर्जन खोला छन् तर कुनैमा पुल छैन । स्थानीयबासिन्दा कष्टकर र जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । चाँजुमा बल्लतल्ल बनेको पुल...
लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहानमा आगलागी हुँदा दुई लाखको क्षति

लहान । गए राति सिरहाको लहान नगरपालिका–९ मा आगलागी हुँदा करिब रु दुई लाख मुल्य बराबरको क्षति भएको छ । राति १० बजेतिर अचानक विद्युत् सर्ट भई आगलागी हुँदा स्थानीयवासी विनोद चौधरीका फुसको घर तथा घरमा भएको सम्पूर्ण सर–सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । लहान नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको प्रयासमा आगलागी नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।रासस
धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ छनौट

धनकुटा, १५ साउन । धनकुटामा भएको ‘पूर्वाञ्चल गट ट्यालेन्ट’ अडिसनमा ८७ जना छनौट भएका छन । धनकुटा स्थित टिन्स क्रियू डान्स सेन्टरमा शनिवार भएको पहिलो छनौट चरण पार गर्दै नृत्य, गायन र अभिनय बिधाका ८७ जना दोस्रो चरणमा प्रवेश गरेका हुन । अडिसनमा गायन, नृत्य र अभियान गरी तीन बिधामा १ सय १३ जना सहभागि भएका थिए । जसमध्ये ७२ जनालाई प्रस्तुतिकै क्रममा निर्णायकले छनौट गरेका थिए । ‘डेन्जर जोन’ मा परेका २० जना...
छाडा सुँगुर नियन्त्रणमा आउँदै

छाडा सुँगुर नियन्त्रणमा आउँदै

राजविराज । राजविराज नगरपालिकाले छाडा सुँगुर नियन्त्रण गर्ने अभियान सुरु गरेको छ । नगरवासीको व्यापक गुनासो र गत वैशाख २५ गते ‘छाडा सुँगुरको आतंक’सम्बन्धी समाचार आएपछि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र युथ नेपाल सप्तरीलगायत विभिन्न सरोकार भएका निकायबीचको छलफलपछि नगरपालिकाका निमित्त कार्यकारी अधिकृत उमेरकुमार यादवको लिखित निर्देशनमा कार्यालयका सरसफाइ तथा ज्यालादारी कर्मचारी सुँगुर ...
संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

संविधान निर्माण ऐतिहासिक उपलब्धि : नेता केसी

विराटनगर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले संविधान निर्माण हुनु ऐतिहासिक उपलब्धि रहेको र अब यसलाई पूर्णता दिनका लागि सबैलाई एकजुट हुनुपर्ने बताए । नेपाल प्रेस युनियनद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि स्थानीय तहको निर्वाचनलाई प्रारम्भका रुपमा लिनुपर्ने धारणा राखे। असन्तुष्टिलाई सम्बोधन गर्ने कार्यमा काँग्...
बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

बेल्टार क्षेत्रमा भाइरलको प्रकोप बढ्यो : अस्पतालमा विरामीको चाप

उदयपुर।  उदयपुर जिल्लाको पूर्वी क्षेत्रको चौदण्डी गढी नगरपालिकालगायत बेल्टार बजार क्षेत्रमा १० दिनदेखि भाइरलको प्रकोप ह्वात्तै बढ्दै गएको छ । बेल्टार अस्पतालका अनुसार भाइरलको प्रकोप बढेसँगै अहिले दैनिक अस्पतालमा ६० जनाभन्दा बढी बिरामी उपचारका लागि आउन थालेका छन् । बेल्टार बजार क्षेत्रलगायत रानीबास, बसाहा, हँडिया, चौदण्डी, सिद्धिपुर क्षेत्रबाट अहिले भाइरलबाट प्रभावित बिरामी दैनिक उपचारका लागि आउन...
इलाममा लाखे नाच सुरु

इलाममा लाखे नाच सुरु

इलाम । राणाकालदेखिनै जिल्लामा मनाइँदै आएको सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा लाखे नाच शुक्रबारबाट इलाममा सुरु भएको छ । नागपञ्चमीदेखि कृष्णाष्टमीसम्म मनाइने जात्रामा युवायुवतीदेखि वृद्धवृद्धासमेत सहभागी बनेका छन् । नेपाल भाषा तथा संस्कृति समाज इलामले आयोजना गरेको लाखे नाच धार्मिकस्थल माईथानदेखि सुरू भई मालापथ, चोकबजार, नवीन चोक, टुंडिखेल, धोबीधारा, नारायणस्थानलगायत विभिन्न स्थानको परिक्रमा गरि...
रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

रातो हाब्रे संरक्षणका लागि विद्यालयबाट शिक्षा

इलाम। विश्वबाटै लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि अब विद्यालयमा पठनपाठन शुरु गरिने भएको छ । स्थानीयस्तरबाटै संरक्षण र जनचेतना जगाउन आवश्यक ठान्दै हाब्रे संरक्षणमा क्रियाशील रेडपाण्डा नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार पारी अध्ययन अध्यापन थाल्न लागेको हो । हाब्रे पाइने इलाम, पाँचथर र ताप्लेजुङका २८ विद्यालयमा वातावरण संरक्षणका लागि स्थानीय पाठ्यक्रम बनाएर ...
म्याङ्लुङका पहिरो पीडितलाई राहत रकम वितरण

म्याङ्लुङका पहिरो पीडितलाई राहत रकम वितरण

तेह्रथुम । कुलो थुनिएर गएको पहिराले घर पुरिँदा आमा र छोराछोरी गुमाएका म्याङ्लुङ नगरपालिका–५, आम्दिमका सोमकुमार सोदेम्बाको परिवारलाई शुक्रबार राहत प्रदान गरिएको छ । सोदेम्बाको परिवारलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले रु तीन लाख ३० हजार र समाजसेवी राधिका पोखरेलले रु २० हजार राहतस्वरुप प्रदान गर्नुभएको हो । सदरमुकाम म्याङ्लुङमा पोखरेलले पहिरोपीडित परिवारलाई पठाएको सहयोग रकम रु २० हजार प्रजिअ वेदन...
अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली

अस्पतालको यस्तो हाल : करोडौंको उपकरण प्रयोगविहीन, दरबन्दी पूर्णरुपमा खाली

राजविराज।सगरमाथा अञ्चल अस्पतालमा सरकारले हालै पठाएको करोडौँ मूल्यका उपकरण विशेषज्ञको अभावमा थन्किएको छ । स्थापनाकालदेखि नै विशेषज्ञ र अति आवश्यक उपकरणको अभाव खेप्दै आएको अञ्चल अस्पतालमा सरकारले पठाएको नयाँ अल्ट्रासाउण्ड, अटोमेटिक एनेस्थेसिया, होरिजेन्टल एक्सरे, अक्सिजन र डायलायसिस मेसिन गरी चार उपकरण अहिले प्रयोगविहीन अवस्थामा रहेको अस्पतालबाट बुझिएको छ । दरबन्दी पूर्णरुपमा खाली अस्पतालमा करि...
भरुवा बन्दुकसहित दुई जना पक्राउ

भरुवा बन्दुकसहित दुई जना पक्राउ

ताप्लेजुङ । ताप्लेजुङमा भरुवा बन्दुक सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ताप्लेजुङ सिरिजङघा गाउँपालिका– ५ बस्ने २८ वर्षीय सनकुमार मावो र सोही गाउँपालिका ८ घर भई वडा नम्बर ५ मा डेरा गरी बस्ने २२ वर्षीय छिरिङ शेर्पा २ थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन् । भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय तेल्लोकको गस्ती टोलीले उनीहरुलाई समातेको हो । प्रहरीले पक्राउ परेका दुवै ...
महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)

महालक्ष्मी नगरमा एम्वुलेन्स सेवा सञ्चालन (भिडियोसहित)

धनकुटा, १३ साउन । धनकुटाको महालक्ष्मी नगरपालिका–७ स्थित स्वर्गिय मित्रलाल–बिष्णुमाया पौडेल स्मिृती सेवा समाजले एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । महालक्ष्मी नगरबासीलाई सहज बनाउँने उद्धेश्यले ल्याईएको एम्वुलेन्सको महालक्ष्मी नगरपालिकाका प्रमुख पर्शुराम नेपालले रिवन काटेर उद्घाटन गरेका छन । उद्घाटन कार्यक्रमलाई संबोधन गर्दै नगर प्रमुख नेपाल, महालक्ष्मी–७ नम्बरका वडाध्यक्ष रुद्र तुम्वा, जीतपुर प्राथ...
पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथरमा जिप दुर्घटना, १३ घाइते

पाँचथर ।पाँचथर सदरमुकाम फिदिमदेखि फालेलुङ गाँउपालिकाको मेमेङ तर्फ गइरहेको जिप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । जिप मेची राजमार्ग अन्तर्गत फिदिमको सारन्तामा सडकबाट करिव दुई सय मिटर तल खसेको हो । शुक्रवार दिउँसो दुर्घटनामा परेको मे १ ज १८९२ नम्बरको जिपमा सवार सबै घाइते छन् । उनीहरूको पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरूमा  रमिला खपांगी, उनका छोरा लक्की खपांगी, समिप गुरुङ...
झापाको सडको पेटीमा अज्ञात व्यक्ति मृत फेला

झापाको सडको पेटीमा अज्ञात व्यक्ति मृत फेला

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित सडक पेटीमा आज एक व्यक्ति मृत फेला परेका छन् । भद्रपुर–८ गणेश मन्दिर नजिकै अन्दाजी ५५ वर्षीय एक पुरुष मृत फेला परेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । मृतकको नाम ठेगाना खुल्न नसेको प्रहरीले जनाएको छ । आज बिहान ११ बजे अज्ञात व्यक्ति मृत देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । करिब दुई साताअघि मात्र उनी सो वडा आसपास देखापरेको स्थानीयवासी कृष्ण...
बाढीपीडितलाई निःशुल्क उपचार

बाढीपीडितलाई निःशुल्क उपचार

सप्तरी।  बाढीबाट प्रभावित विभिन्न ग्रामीण तथा स्थानीय जनतालाई लक्षित गरी सप्तरीमा दुईदिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । सांसद रञ्जीत कर्णको समन्वयमा नोबेल मेडिकल कलेज विराटनगरद्वारा सदरमुकाम राजविराजमा आयोजित सो शिविरमा बाढीबाट प्रभावित गरिब तथा विपन्न वर्गका एक हजार ५०० जनाले स्वास्थ्य उपचार गराइएको थियो । सो शिविरमा निःशुल्क औषधिसमेत वितरण भएको बताइएको छ । विभिन्न खोला र नदीमा...
छिन्ताङ्गबाट ४५ किलो गाँजा बरामद

छिन्ताङ्गबाट ४५ किलो गाँजा बरामद

धनकुटा, १२ साउन । धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमी गाउँपालिका–२ छिन्ताङबाट प्रहरीले ४५ किलो गाँजा सहित एक महिलालाई पक्राउ गरेको छ । खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–२ का २९ वर्षीय झलकमान राईले स्थानीय एक बृद्धालाई बलात्कार गरेको आरोपमा उनलाई पक्राउ गर्न गएको प्रहरी टोलीले झलकमानलाई खोजतलास गर्ने क्रममा उनको गोठमा लुकाई राखेको अवस्थामा ४५ किलो गाँजा बरामद गरेको हो । गाँजासहित झलकमानकी श्रीमति क...
आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जना पक्राउ

आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जना पक्राउ

झापा । आफ्नै साथीलाई फुपूको छोरा भन्दै परपुरुषसँग जिम्मा लगाउने एक किशोरीसहित दुई जनालाई बिर्तामोड इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । सो घटनामा बाह्रदशी गाउँपालिका–५ निवासी अञ्जना खरेल र सोही गाउँपालिका–६ डाँगीवारी निवासी जीवन भनिने घनश्याम उप्रेती पक्राउ परेका हुन् । खरेलले उप्रेतीलाई फुपूको छोरा भन्दै चिनजान गराएको र उप्रेतीको कोठा पु¥याएपछि आफूमाथि अनैतिक कार्य गरेको पीडित किशोरीको उजुर...
error: Content is protected !!