कञ्चनपुर।  कञ्चनपुरपुरको बेलडाँडी गाउँपालिकाका ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई आइतबार साइकल वितरण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का सांसद दिवान सिंह बिष्टले सांसद विकास कोषको रु तीन लाख ५० हजार रकम खर्च गरी साइकल वितरण गरेको हो ।

Advertisement

  बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रअन्तर्गतका ३९ र रौतेली बिचवा स्वास्थ्य चौकीअन्तर्गतका १० गरी ४९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य जनक धामीले बताए ।

“गत आर्थिक वर्षको परिषद्मा वडा भेलामा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने माग आए पनि बेलडाँडी गाउँपालिकाको बजेटले नभ्याएपछि उक्त मागलाई सांसद विकास कोषमा पठाएबमोजिम साइकल वितरण गरिएको सांसद बिष्टले बताए ।

 साइकल पाएपछि कार्य गर्न निकै हौसला थपिएको स्वयंसेविकाले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!