भद्रपुर। भद्रपुर विमानस्थलमा अबदेखि एक्स–रे मेसिनबाट जाँच प्रक्रिया सुरु हुने भएको छ ।

लामो समयदेखि प्रहरीबाट नै जाँचपडताल हुँदै आएकामा सरकारले एक्सरे मेसिन उपलब्ध गराएपछि आगामी भदौदेखि एक्सरेबाट जाँच हुने भद्रपुर विमानस्थल कार्यालयले जनाएको छ ।

Advertisement

यस्तो यन्त्रको प्रयोगले प्रतिबन्धित वस्तुको ओसारप्रसार नियन्त्रणमा ठूलो मद्दत पुग्ने विश्वास लिइएको छ ।

यसैबीच विमानस्थलको स्तरोन्नतिका लागि जाइका अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा रु २० करोड अनुदान प्राप्त हुने र यसबाट उडान सुरक्षाका लागि ‘भिओआर–डिएमई’ नामक उपकरणबाट व्यवस्थापन हुने छ ।

यसबाट कम दृश्यता भएका समयमा पनि उडान अवतरण एवम् प्रस्थानमा मद्दत पुग्ने हुने भएको छ ।

विमानस्थललाई सुरक्षित, व्यवस्थित एवम् आकर्षक बनाउन केही निर्माण भइरहेको र विमानस्थल बाहिर छ सिसी क्यामेरा जडान भइसकेको छ ।

एक वर्ष पहिले नै विमानस्थलमा विमानमा इन्धन भर्ने व्यवस्था पनि मिलाइसकिएको भद्रपुर विमानस्थल प्रशासनले जनाएको छ ।रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!