- रबिन कटेल/संगालोखबर

धनकुटा, ५ साउन । धनकुटाको चौबिसे गाउँपालिका क्षेत्रका स्वास्थ्य सस्थामा सुलभ फार्मेसी सेवा सञ्चालन गरिने भएको छ । चौबिसे गाउ‘पालिकाका जनप्रतिनिधिले यसलाई पहिलो नमुना कामको रुपमा अघि बढाउँने निर्णय गरेका हुन ।

Advertisement

चौविसे क्षेत्रमा रहेका ७ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य इकाईमा शुलभ फार्मेसी सेवा सञ्चालन गर्न एक/एक लाखका दरले रकम विनियोजन गर्ने निर्णय भएको चौबिसे गाउ‘पालिकाका प्रमुख खजिन्द्र राईले जानकारी दिए । उनका अनुसार उक्त बजेट घुम्ती कोषको रुपमा प्रयोग गर्दै स्थानीयबासीलाई सस्तो मुल्यमा औषधी उपलब्ध गराइने छ ।

बोधे, वसन्तटार र मुढेवासको सामुदायिक स्वास्थ्य ईकाई र ७ स्वास्थ्य चौकी गरी १० वटै स्वास्थ्य सस्थामा शुलभ फार्मेसी खोलिनेछ । ‘सवै स्वास्थ्य सस्थामा सुलभ फार्मेसी खोलेर सस्तो मुल्यमा विरामीलाई औषधी बिक्रि गर्ने ब्यवस्था मिलाउँछौ ।’ गाउँपालिका प्रमुख राईले भने ‘जतिमा हामीले खरिद गरेर ल्याएका छौ, त्यसमा एक पैसा पनि नखाई ल्याएकै दाममा विरामीलाई औषधी बिक्रि गर्छौ ।’

सरकारबाट उपलब्ध हुने निःशुल्क बाहेकका अन्य औषधी सर्वसाधारणलाई सहज र सस्तो मुल्यामा प्राप्त गराउन यस्तो कामको थालनी गरिएको हो । सामान्य औषधीको अभावमा पनि शहरबजार धाउनु पर्ने वाध्यता हटाउँन शुलभ फार्मेसी सेवा प्रभावकारी हुने गाउँपालिकाका उपप्रमुख यज्ञकुमारी रुचालले बताइन् ।

उनका अनुसार सबै स्वास्थ्य संस्थाको व्यवस्थापन समिति मार्फत फार्मेसी सञ्चालन कार्यविधि तयार गरी यसलाई प्रभावकारी रुपमा अघि बढाईनेछ ।  विषयगत कार्यालयका लागि भवन र गाउ‘पालिकाको अन्य भौतिक पुर्वाधारको काममा व्यस्त भएपनि फार्मेसी सेवालाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने उनको भनाई छ । गाउ‘पालिकाको बजेट तथा नीति कार्यक्रम लगत्तै उक्त कार्यको लागि रकम उपलब्ध गराइनेछ ।

यसैगरी चौबिसे गाउ‘पालिकामा पर्ने जिल्लाकै दुर्गम ठाउ‘ कुरुलेतेनुपामा बढ्दो बसाईसराई रोक्न विशेष योजना सञ्चालन गर्ने पनि जनप्रतिनिधिले निर्णय गरेका छन । उक्त कामका लागि खानेपानी, सडक र विद्युतिकरणका योजना सञ्चालन गरिने उपप्रमुख रुचालले बताइन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!