- रबिन कटेल/संगालोखबर

धनकुटा, ५ माघ । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले हिजोबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ ।

आक्रोसित प्रदर्शनकारी आगजनी र तोडफोडमा उत्रिएर पटक–पटक झडप हुन थालेपछि हिजो बिहान साँढे ११ बजेबाट अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको हो । प्रदर्शनकारीले दुई सरकारी कार्यालय र एउटा मोटरसाईकलमा आगजनी गर्नुका साथै दर्जन बढी सवारी साधन तोडफोड गरेका थिए । दोहोरो झडपमा ६ प्रदर्शनकारी र ३ प्रहरी घाईते भएका छन् ।

Advertisement

स्थिती नियन्त्रणमा लिन धनकुटा बजारको जिरोपईन्ट, श्रीवानी, बिहीबारे हटिया, देव्रेवास र सल्लेरीसम्मको भागमा निषेधित क्षेत्र घोषणा गरिएको हो । निषेधित क्षेत्रमा ५ जना भन्दा बढीको समुहमा डिडडुल गर्न नपाईने प्रशासनले जनाएको छ । तर, अत्यावश्यक कामका लागि एक्लै हिड्दा पनि प्रहरीले कुटपिट गरेर प्रहरी ज्यादती बढेको भन्दै बजारबासीले बिरोध जनाएका छन् ।

निषेधाज्ञाको समयमा हुलाकटोल स्थित संगालोखबरको कार्यालय अगाडीबाट देखिएको बजारक्षेत्र । तस्वीर: संगालोखबर

यसैवीच निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले मदनचौकमा टायर बालेर सरकारी निर्णय बिरुद्ध प्रदर्शन पनि गरेका छन् । यता तीन दिनदेखिको अनिश्चितकालिन आमहड्तालले धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ । सवारी साधन ठप्प छन भने बजारपसल, उद्योगधन्दा, शिक्षणसस्था लगायत पनि बन्द हुँदा जनजीवन अस्तब्यस्त बनेको हो ।

कोशी राजमार्गमा सवारी साधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ । १ नम्बर प्रदेशको अस्थायी मुकाम बिराटनगर तोक्ने सरकारी निर्णय फिर्ता नभएसम्म हड्ताल जारी राख्ने आन्दोलन परिचालन समितिले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!