- रबिन कटेल/संगालोखबर

धनकुटा, ६ माघ । कांग्रेस नेतृत्वको सरकारले धनकुटालाई उपेक्षा गर्दै भारतीय सिमा क्षेत्रमा १ नम्बर प्रदेशको अस्थायी मुकाम तोकेको भन्दै धनकुटामा कांग्रेसका सवैले राजिनामा दिएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले धनकुटालाई अन्याय गरेको भन्दै त्यसको विरोधमा कांग्रेस जिल्ला सभापतिसहित सवै पदाधिकारी र सदस्यहरुले सामुहिक राजिनामा दिएका हुन् ।

Advertisement
राजिनामा पश्चात काग्रेसद्धारा आयोजित पत्रकार सम्मेलन । तस्वीरः रबिन कटेल/संगालोखबर

नेपाली कांग्रेस धनकुटाले आज साँझ पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमिति, गाउँ तथा नगर समिति, भातृ संस्थाका पदाधिकारी लगायतले साधारण सदस्यसमेत नरहनेगरी सामुहिक राजिनामा दिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा पार्टी सभापति अग्नी प्रशाद पौडेलले धनकुटालाई अन्याय हुँनेगरी कांग्रेस नेतृत्वको सरकारले निर्णय गरेकाले सवैले राजिनामा दिनुपरेको जानकारी दिएका छन् ।

आफ्नै पार्टी कार्यालयमा कालो झण्डा गाड्दै काग्रेस नेताहरु । तस्वीरः रबिन कटेल/संगालोखबर

राजिनामा पश्चात पार्टी कार्यालयमा कालो झण्डा गाडेर कार्यालय बन्द गरिएको छ । हरेक हिसावले प्रादेशिक राजधानीका लागि धनकुटा उपयुक्त रहेकाले धनकुटालाई राजधानी घोषणा गर्न कांग्रेसले सरकारसँग माग पनि गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!