- संगालोखबर सम्वाददाता

धनकुटा, ६ माघ । धनकुटामा निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले शनिवार बिभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धनकुटामा प्रदेशको अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले बिहीबार बिहानबाट धनकुटा बजार क्षेत्रमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

निषेधाज्ञा अवधिमा प्रदर्शन गर्न नपाईने भएपनि आक्रोसित आन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका हुन् । त्रिवेणी चौकमा अपरान्ह सरकारी निर्णय जलाएर प्रदर्शन गरिएको छ ।

Advertisement
सरकारी निर्णयको प्रतिलिपी जलाएर प्रदर्शन गर्दै जिल्लाबासी । तस्वीर: रबिन कटेल/संगालोखबर

सरकारले बिराटनगरलाई अस्थायी मुकाम तोक्न गरेको निर्णयको प्रतिलिपि जलाएर प्रदर्शन गरिएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

सरकारी निर्णय खारेज गर, धनकुटालाई प्रादेशिक राजधानी घोषणा गर जस्ता नारा लगाउँदै प्रदर्शन गरिएको थियो । उनीहरुले चौकमा टायरसमेत बालेर प्रदर्शन गरेका हुन् । प्रदर्शन सकिएपछि पुगेको शसस्त्र प्रहरीले पानी छम्किएर टायर निभाएको थियो ।

त्यस्तै बिहीबारे हटिया, लोकसेवा लगायत स्थानमा पनि टायर बालेर प्रदर्शन गरिएको आन्दोलन परिचालन समिति सदस्य तारा तितुङले जानकारी दिईन् । उनका अनुसार निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राखिनेछ ।

लोकसेवामा बालिएको टायर । तस्वीर: संगालोखबर

शुक्रवार साँझबाट निषेधाज्ञा केही खुकुलो पारिएपनि सर्वसाधरणलाई समुहमा हिड्न र प्रदर्शन गर्न रोक लगाईएको छ । मदनचौक, भीमनारायण चौक, जिरोपईन्ट लगायत स्थानमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ ।

दंगा प्रहरीले बजारमा नियमित गस्ती गरिरहेको छ । प्रहरीको कडा सुरक्षाकावीच पनि आन्दोलनकारीले प्रदर्शनलाई जारी राखेका हुन् । शुक्रबार पनि मदनचौकमा टायर बालेर प्रदर्शन गरिएको थियो ।

भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!