- संगालोखबर सम्वाददाता

धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीले आज दुईवटा सरकारी कार्यालयमा आगजनी गरेका छन् । क्षेत्रीय प्रशासन कार्यालय र शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा आगजनी गरिएको हो ।

भवन निर्माण डिभिजन कार्यालयमा गरिएको आगजनी। तस्वीर : रबिन कटेल/संगालोखबर

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्लासहित प्रदर्शन गर्दै पुगेका प्रदर्शनकारीले सरकारी कार्यालयमा आगो लगाएर प्रदर्शन गरेका हुन् । बिहान प्रहरीले प्रदर्शनकारीलाई लाठिचार्ज गरेपछि उनीहरु आक्रोसित बनेका छन् । आक्रोसित प्रदर्शनकारी तोडफोड र आजगनीमा उत्रिएका हुन् ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!