- संगालोखबर सम्वाददाता

धनकुटा, ६ माघ । प्रशासनले जारी गरेको निषेधाज्ञा र आन्दोलनकारीले गरेको अनिश्चितकालिन आमहड्तालका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ । प्रदेशको अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि धनकुटा बजार क्षेत्रमा प्रशासनले बिहीबार बिहानबाट लगाएको निषेधाज्ञा आज पनि जारी छ ।

चार दिन देखि जारी आमहड्ताल र तीन दिनयताको निषेधाज्ञाका कारण धनकुटाको जनजीवन अस्तब्यस्त बन्दै गएको हो । हिजो साँझबाट निषेधाज्ञा केही खुकुलो पारिएपनि सर्वसाधरणलाई समुहमा हिड्न र प्रदर्शन गर्न रोक लगाईएको छ ।

Advertisement
मदनचौकमा तैनाथ सुरक्षाकर्मी । तस्वीर:रबिन कटेल/संगालोखबर

मदनचौक, भीमनारायण चौक, जिरोपईन्ट लगायत बिभिन्न स्थानमा सयौंको संख्यामा शसस्त्र र जनपथ प्रहरी परिचालन गरिएको छ । दंगा प्रहरीले बजारमा नियमित गस्ती गरिरहेको छ ।

यता चार दिनदेखिको आमहड्तालले धनकुटाको जनजीवन थप अस्तब्यस्त बनाएको छ । सवारी साधन ठप्प छन भने बजारपसल, उद्योगधन्दा, शिक्षणसस्था लगायत पनि बन्द हुँदा सर्वसाधरणको दैनिकी कष्टकर बन्दै गएको छ । कोशी राजमार्गमा सवारी साधन नचल्दा भोजपुर, तेह्रथुम र संखुवासभाको जनजीवन पनि प्रभावित बनेको छ ।

यसैवीच निषेधाज्ञा उल्लंघन गर्दै आन्दोलनकारीले आज दिउँसो लोकसेवा र बिहीबारे हटियामा टायर बालेर प्रदर्शन गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!