संगालोखबर सम्वाददाता

धनकुटा, ५ माघ । धनकुटामा आन्दोलनरत पक्ष र प्रशासनवीच बार्ता हुने भएको छ । निषेधाज्ञा, आमहड्ताल लगायत समस्या समाधानका लागि आज दिउँसो बार्ता वोलाईएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतीले बताएका छन् ।

बार्ताका लागि आन्दोलनरत पक्ष आन्तरिक छलफलमा छन् ।

Advertisement


आन्तरिक छलफल सकेर बार्तामा सहभागि हुँने आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई जानकारी दिए ।

प्रशासनले धनकुटामा क्रियासिल प्रमुख राजनीतिक दलका प्रतिनिधि, सांसदहरु, आन्दोलन परिचालन समितिका संयोजक लगायतलाई वार्तामा बोलाएको छ ।

धनकुटालाई प्रदेश नम्बर १ को अस्थायी मुकाम नतोकेको विरोधमा भएको प्रदर्शन हिंसात्मक बनेपछि हिजो बिहान साँढे ११ बजेबाट धनकुटा बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

अनिश्चितकालिन आमहड्ताल आज तेस्रो दिनपनि जारी रहदा धनकुटाको जनजीवन अस्तब्यस्त बनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!