संगालोखबर सम्वाददाता

धनकुटा, ५ माघ । धनकुटाबासीले सरकारलाई नागरिकता फिर्ता दिने भएका छन् । बिराटनगरलाई प्रदेशको अस्थायी मुकाम तोकेपछि बिरोध प्रदर्शनलाई चर्काएका जिल्लाबासीले शनिवारबाट नागरिकता संकलन गरेर सरकारलाई फिर्ता पठाउँने भएका हुन् ।

शुक्रबार साँझ बसेको आन्दोलन परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

Advertisement

सरकारले धनकुटेलीलाई नागरिक सरह ब्यवहार नगरेको भन्दै बिरोध स्वरुप जिल्लाबासीले नागरिकता फिर्ता दिने निर्णय भएको आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले जानकारी दिए ।

बैठकले आमहड्ताललाई जारी राख्ने निर्णय गरेको छ । त्यस्तै घर–घरमा कालो झण्डा गाड्ने निर्णय पनि भएको आन्दोलन परिचालन समितिले जनाएको छ ।

त्यस्तैगरी प्रदेशसभाका सांसदहरुलाई सपथ ग्रहण नगर्न आग्रह गर्ने र सरकारी कार्यालयमा पेनडाउँनका लागि आग्रह गर्ने निर्णय पनि भएको छ ।  बिहीबार भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले धनकुटामा अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!