- संगालोखबर सम्वाददाता

धनकुटा, ५ माघ । धनकुटामा आज अपरान्ह बसेको आन्दोलनरत पक्ष र प्रशासनवीचको बार्ता निष्कर्ष बिहिन भएको छ । बन्द हड्ताल फिर्ता लिने र निषेधाज्ञा हटाउँने बिषयमा दुई पक्षवीच कुरा नमिलेपछि बार्ता निष्कर्षमा पुग्न नसकेको हो ।

वार्तामा सहभागि आन्दोलन परिचालन समिति संयोजक सुन्दरवावु श्रेष्ठले संगालोखबरलाई दिएको जानकारी अनुसार प्रशासनले सुरुमा निषेधाज्ञा फिर्ता लिन नमानेपछि बिर्ता निष्कर्ष बिहिन भएको छ ।

प्रशासनको तर्फबाट आन्दोलनरत पक्षलाई आन्दोलन फिर्ता लिन आग्रह गरिएको थियो । तर, प्रशासनको आग्रहका बिषयमा आन्दोलन परिचालन समितिको पुनः बैठक बसेर मात्र निर्णय गरिने संयोजक श्रेष्ठले बताएका छन् ।

यता प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिले आन्दोलन फिर्ता हुँने विश्वासिलो वातावरण नबनेसम्म निषेधाज्ञा फिर्ता लिन नसकिने बताएका छन् ।

निषेधाज्ञा फिर्ता नभएपनि आज साँझबाट निषेधाज्ञालाई केही खुकुलो बनाईनेछ । प्रजिअ उप्रेतिका अनुसार हिडडुल गर्नमा प्रशासनले अवरोध नगर्ने र प्रदर्शन हुँने अवस्थामा भने प्रहरीले रोक्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!