संगालोखबर सम्वाददाता

धनकुटा, ४ माघ । धनकुटालाई अस्थायी मुकाम नतोकेको बिरोधमा भएको प्रदर्शन हिंसात्मक भएपछि प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको छ । आज मध्यान्हबाट धनकुटा बजारक्षेत्रमा निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी प्रेम प्रकास उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।

Advertisement

उनका अनुसार जिरोपईन्ट, बसपार्क, बिहिबारे हटिया, लोकसेवा, आँखा अस्पताल लगायत ठाउँमा निषेधित क्षेत्र घोषणा गरिएको हो ।

अव के-के गर्न पाईदैन

निषेधित क्षेत्र घोषणा भएपछि सडकमा ५ जना भन्दा बढीको समुह हिडडुल गर्न पाईदैन् । हिडडुल गरेको भेटिए प्रहरीले पक्राउ गर्न सक्छ । अटेर गरेर प्रदर्शन भएमा प्रहरीले फाईरिङ पनि गर्न सक्ने प्रमुख जिल्ला अधिकारी उप्रेतिले संगालोखबरलाई जानकारी दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!