प्रदेश १ मा लिम्बुवान सांसदबाट मतदान बहिस्कार
काठमाडौं ,२४ माघ । प्रदेश १ मा बुधबार बिहानैबाट मतदान सुरु भएको छ । एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ । राष्ट्रिय सभाका ८ सांसदका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गरेका छन् ।
प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ । कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत ...





























