विराटनगर, २४ माघ । प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ । तीन सय ६७ जना मतदात रहेकोमा ३६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् ।

Advertisement

एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् ।

क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका स्थानीय तहका प्रमुख/उपप्रमुख तर्फ ताप्जेजुङ मिक्वाखोला गाँउपालिकाका उपप्रमुख रुद्रकुमारी साँवा र तेह्रथुमको लालिगुराँस नगरपालिकाका प्रमुख अर्जुन मावुहाङ मतदान प्रकि्रयामा सहभागी नभएका हुन् ।

संखुवासभा मकालु गाँउपालिकाका प्रमुख रहेको खड्ग कटुवाल सवारी दुर्घटनामा मृत्यु भएको थियो । प्रदेश सांसद तर्फ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णु तुम्वाहाफेले मतदान नगरेकी हुन् ।

राष्ट्रिय सभा सांसदका लागि प्रदेश नं १ मा अल्पसंख्यक र दलित गरी दुई पदका लागि लागि मतदान भएको हो । खुल्लातर्फ तीन र महिला तीन गरी ६ जना यस अघि नै निर्बिरोध निर्वाचित भइसकेका थिए ।

मतपरिणाम आजै आउने

राष्ट्रिय सभा सांसदका लागि दलित र अल्पसंख्यकका लागि भएको मतदानको परिणाम आज  नै आउने भएको छ ।

सर्वदलीय बैठक बसेर मतगणना गरी बुधवार साँझसम्म मतपरिणम सार्वजनिक गर्ने सहमति भएको निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।

खतिवडाले बहुमतीयका आधारमा मतगणना हुने भएकाले चाडै मतपरिणम आउने जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!