धनकुटा, २२ माघ । काष्ठमण्डप रोटरी क्लब काठमाण्डौले धनकुटा नगरपालिका–९ मुलघाटस्थित कौशिका आधारभुत विद्यालयमा रहेका बहिरा तथा सुस्त श्रवण वालवालिकाका लागी सोमवार खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरेको छ ।
क्लबले विद्यालयमा सहयोग कार्यक्रमको आयोजना गरि खाद्यन्न,लत्ताकपडा,शैक्षिक तथा खेलकुदका सामग्रीहरु सहयोग गरेको छ । विगत १२ वर्ष देखि विद्यालयमा रहेका वहिरा श्रोत कक्षामा अध्ययनरत विद्यार्थीलाई सहयोग गर्दै आएको पुर्वअध्यक्ष निरञ्जन भट्टराईले जानकारी दिए ।
सहयोग सामाग्री पुर्व अध्यक्ष भट्टराई, रोटरी कल्वका बलराम बराल,जयराम कार्की, जिल्ला शिक्षा कार्यालय धनकुटाका विद्यालय निरिक्षक देवीप्रसाद सुवेदी, त्रिवेणी श्रोत केन्द्रका श्रोत व्यक्ति केदार प्रसाद अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्णवहादुर श्रेष्ठलाई हस्तान्तरण गरे ।
सो अवसरमा सहयोग गर्ने क्लबका पुर्व अध्यक्ष भटट्राईलाई प्रशंसा पत्र प्रदान गरिएको बहिरा तथा सुस्त श्रवण श्रोत कक्षाका श्रोत व्यक्ति रोहिणी पाण्डले जानकारी दिए ।
कार्यक्रममा अतिथीहरुले मन्तव्य राखेका थिए । मार्गश्वरी प्रावि धनकुटाका प्रधानाध्यापक एवं श्रोत शिक्षक श्रवणलाल राईले दोभाषे भुमिका निर्वाह गरे ।
विद्यालयमा हाल १० जना बहिरा तथा सुस्त श्रवण भएका वालवालिका अध्ययन गर्दै आएका छन् । कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका सहायक प्रध्यानाध्यापक नगेन्द्र राईले राखे भने सञ्चालन श्रोत व्यक्ति रोहिणी पाण्डेले गरेका थिए ।















