संगालोखबर सम्वाददाता

धनकुटा, २३ माघ । नेपाल कम्युनिष्ट पार्टीले नेकपा एमाले र माओवादी केन्द्रको मुख्य नेतृत्व ‘सामाजिक दलाल’ भएको निष्कर्ष निकाल्दै धनकुटामा कारबाही अभियान थालेको जनाएको छ ।

Advertisement

नेकपाको हालै सम्पन्न केन्द्रीय समिति बैठकमा महासचिव विप्लवले पेश गरेको दस्तावेजमा विकसित राजनीति घटनाको विश्लेषण गरेर सो कुरा उल्लेख गरिएको स्रोतले जनाएको छ ।

सोही अनुसार धनकुटामा पनि ठूला भनिएका संसदवादी राजनीतिक दलले समाजवादको मुकुण्डो लगाएर सामाजिक दलालको रुपमा अगाडि आएकाले भण्डाफोर अभियान थालिएको नेकपा धनकुटा सेक्रेटरी नवराज भट्टराईले बताए ।

कांग्रेस, एमाले र माओवादी केन्द्र जो भएपनि दलाल सत्ताको नेतृत्व गर्ने र उक्त सत्ताले जनताको जीवनमा कुनै परिवर्तन नल्याउने नेकपा धनकुटा इन्चार्ज आकाश शर्माले दावी गरे ।

उनले नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन नेतृत्व पुँजीवादी दलाल र एमाले माओवादी केन्द्रको वाम गठबन्धन समाजवादको नाममा सामाजिक दलाल भएको आरोप लगाए। नेकपाले दुबै प्रवृतिको भण्डाफोर गर्न तीन महिने जनजागरण अभियान सञ्चालान गरेको शर्माको भनाइ छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!