तेह्रथुम, २२ माघ । तेह्रथुमको लालीगुराँस नगरपालिका–३, मुसाङखेलका एक व्यक्तिले १५ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा किटानी जाहेरी परेको छ ।

डर धम्की देखाउँदै पटक–पटक करणी गरेको भन्दै आमा–छोरीले बाबु विरुद्ध इलाका प्रहरी कार्यालय बसन्तपुरमा उजुरी दिएका छन ।

Advertisement

गएको भदौदेखि पटक–पटक बलात्कार गरेको भन्दै बालिका र उनकी आमाले इलाका प्रहरी कार्यालय बसन्तपुरमा किटानी जाहेरी दिएको निमित्त प्रमुख कुल बहादर खड्काले बताए ।

बलात्कारपछि १५ वर्षीया छोरी गर्भवती भएकी छिन । छोरीको पेटमा ५ महिना बढी समयको गर्भ रहेको भन्दै बालिकाकी आमाले श्रीमानलाई कारवाहीको माग गर्दै किटानी जाहेरी दिएका छिन ।

गएको भदौ महिनादेखि आफूलाई वुबाले पटक–पटक बलात्कार गरेको बालिकाले बयान दिएकी छिन । झड्केली छोरी बलात्कार गर्ने वुबाका ३ वटी श्रीमती रहेको प्रहरीले जनाएको छ ।

बालिकाकी आमाले आफू घरमा नभएको बेलामा छोरीलाई डर त्रास देखाएर श्रीमानले पटक–पटक बलात्कार गरेको किटानी जाहेरीमा उल्लेख गरेको प्रहरीले जनाएको छ । श्रीमान पूर्वी तराईमा अर्की श्रीमतीसँग बस्दै आएको आमाको भनाई छ ।

अर्की श्रीमती ल्याएर तराईमा बस्दै आएका श्रीमान् गएको भदौ महिनादेखि बाक्लै रुपमा आफ्नो घरमा आउजाउ गरिरहेको आमाले बताएको प्रहरीले जनाएको छ ।

घरमा श्रीमानको आउजाउ बढेसँगै छोरीको महिनावारी रोकिएपछि शंका लागेर सोध्दा बुबाले पटक–पटक बलात्कार गरेको छोरीले बताएको आमाको भनाई छ ।

गरिबीका कारण आफू कामका लागि अन्यत्र जाने गरेको र त्यही मौका छोपेर श्रीमानले छोरीको बलात्कार गरेको आमाले आरोप लगाएकिछिन ।

बलात्कृत बालिकाको जिल्ला स्वास्थ्य कार्यालयमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । किटानी जाहेरी आएकाले जवरजस्तीकरणीमा मुद्धा दर्ता गरी अघि बढाउने प्रहरीको भनाई छ ।

हाडनाता भित्र बालात्कृत भएकाले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धन थालिएको छ । घटना सार्वजनिक भए लगत्तै तराईमा बस्दै आएका पीडित बालिकाका बाबु त्यहाँबाट पनि फरार भएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!