
तेह्रथुम, २२ माघ । तेह्रथुम जिल्लाको छथर गाउँपालिका २ हमरजुङलाई घरभित्रको धुवाँ मुक्त तथा पुर्ण सरसफाई उन्मुख वडाको घोषणाको लागी सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
छथरको सुक्रबारे बजारमा सोमवार आयोजित सो कार्यक्रममा गाउँपालिका अध्यक्ष सन्तोष तिगेला सहितको टोलीले सचेतना धुवाँ मुक्त गरिनु पर्ने आवश्यक तयारी गरिएको बताए ।
प्लेकार्ड सहित वडा कार्यालयबाट निस्केको र्यालीले बजारको आहालडाँडा चौक,बिच बजार, सिरान बजार,सरस्वती बिद्यालय क्षेत्र गाउँपालिका लगायतको स्थानको परिक्रमा गरेको थियो ।
वडालाई यही माघ २९ गते सोमबार घोषण गर्ने तयारी गरिएको वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिका अध्यक्ष कुलबहादुर कार्कीले बताए ।
बजार क्षेत्रका साथै वडामा निमार्ण हुन बाँकी चुलो निमार्णका साथै सरसफाई सम्बन्धी सचेतना गराईएको छ । टोलीमा गाउँपलिकाका प्रमुख सहित वडा अध्यक्ष लगायत स्थानीयबासीको सहभागीता थियो ।
कार्यक्रमलाई ग्रामिण खानेपानी तथा सरसफाई बिकास कोष नेपालको सहयोग तथा देउराली सोसाईटी तेह्रथुमको व्यवस्थापनमा सञ्चालन भई रहेको सोसाईटीका सामाजिक परिचालक शमिर लिम्बुले बताए । कार्यक्रम वडा स्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितीको आयोजनामा सम्पन्न भएका थियो ।















