उर्लाबारी, मोरङ, २३ माघ । बर्खाको समयमा स्थानीय चिसाङ खोलामा आउने बाढीबाट नहर जोगाउनका लागि सुनसरी–मोरङ सिँचाइ आयोजनाले चार करोड ५० लाखको लागतमा तटबन्धनको निर्माण कार्य तीव्रताका साथ गरिरहेको छ ।

Advertisement

वर्षेनी खोलाले कटान गरी नहर र बस्ती नै जोखिममा परेपछि बेलबारी नगरपालिका–७ स्थित कदमा चोकमा तटबन्धनको कार्य तीव्रताका साथ भइरहेको हो । आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर प्रदीप वान्तवाका अनुसार मंसिरदेखि शुरु भएको तटबन्धन निर्माण कार्य हालसम्म २५ प्रतिशत सम्पन्न भइसकेको छ र सम्पूर्ण निर्माण कार्य आगामी असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

बाढीले सबैभन्दा बढी असर गर्ने क्षेत्रका रुपमा परिचित बेलबारी नगरपालिकाको बाहुनी, कदमा तथा कालीमन्दिर क्षेत्रमा हाल ५१० मिटर लामो तटबन्धन गरिने भएको हो । वर्षेनी खोलाले बहाव परिवर्तन गरेर मूल नहरलाई नै क्षति पु¥याउने जोखिम बढेपछि तटबन्धन गर्नुपरेको सिनियर डिभिजनल इञ्जिनियर वान्तवाले बताउनुभयो ।

तटबन्धन निर्माणको जिम्मा स्वामी नारायण आशीर्वाद साह जेबी, उदयपुरले लिएको हो । सुनसरी मोरङ सिँचाइ आयोजनाबाट सुनसरी र मोरङमा ६८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइको सुविधा हुने गर्दछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!