- ईश्वर थापा/संगालोखबर

Advertisement

धनकुटा, २३ माघ । धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै आन्दोलनरत पक्ष र सरकारका प्रतिनिधिवीच आज दिउँसो वार्ता हुँदैछ । धनकुटेलीको मागका बिषयमा छलफलका लागि सरकारले वार्ता टोली पठाएको छ ।

वार्ताका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव यज्ञबहादुर खत्री र प्रहरी नायव महानिरीक्षक ज्ञानविक्रम शाह धनकुटा आएका छन् । जिल्ला प्रशासन कार्यालयमा वार्ता गरी माग सम्बोधनको प्रयास गरिने बताइएको छ ।

वार्ताका लागि आन्तरिक गृहकार्य सकिएको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् । धनकुटालाई १ नम्बर प्रदेशको अस्थायी मुकाम बनाउँनुपर्ने, झडपका क्रममा घाइते भएकाको उपचार र क्षति भएका संरचनाको जिम्मा सरकारले लिनुपर्ने आन्दोलनरत पक्षको माग छ ।

धनकुटामा भौतिक संरचनाको अध्ययनका क्रममा झुटो विवरण पेस गर्ने क्षेत्रीय प्रशासक तथा धनकुटाको आन्दोलन दमन गर्ने प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई कारबाही गरिनुपर्ने माघ पनि अघि सारिएको आन्दोलन परिचालन समिति संयोजक श्रेष्ठले जानकारी दिए ।
धनकुटालाई प्रादेशिक राजधानी घोषणाको माग गर्दै ५४ दिनयता निरन्तर आन्दोलन भईरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!