निर्माण व्यवसायी संघको अध्यक्षमा चिपालु निर्वाचित
मंगलबारे, इलाम २८ माघ । नेपाल निर्माण व्यवसायी संघ इलामको आठौँ जिल्ला अधिवेशनबाट अध्यक्षमा सुवास चिपालु निर्वाचित हुनुभएको छ ।
अध्यक्षमा निर्वतमान अध्यक्ष राजकुमार भक्तराजलाई २६ मत अन्तरले पछि पार्दै चिपालु निर्वाचित हुनुभएको हो । चिपालुले ६३ मत ल्याउनुभयो भने भक्तराजले ३७ मत प्राप्त गर्नुभयो ।
संघको उपाध्यक्षमा सुमन श्रेष्ठ, सचिवमा वीरेन्द्र कार्की निर्वाचित हुनुभयो ।
त्यसैगरी सहसचिवमा हेम...
































