खुकुरी प्रहार गरी श्रीमतीको हत्या

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

उर्लाबारी, मोरङ, २८ माघ । मोरङको पथरीशनिश्चरेमा गए राति श्रीमान्ले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । पथरीशनिश्चरे–९ स्थित श्याम चौक बस्ने ३४ वर्षीय चन्द्रबहादुर लिम्बूले ३० वर्षीया श्रीमती तुलसा लिम्बूलाई खुकुरीले घाँटीमा प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय पथरीका प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिनुभयो । घटनापछि खुकुरी प्रहार गर्ने लिम्बू फरार रहेकाले उनको खोजी भइरह...
भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

भोजपुरका सर्वसाधारणले पाए गाउँमै नागरिकता

भोजपुर, २८ माघ ।  भोजपुर पौवादुङमा गाउँपालिकाको सानोदुम्माका सर्वसाधारणले गाउँबाटै नागरिकता प्राप्त गरेका छन् । भोजपुरका प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहालको अगुवाइमा शनिबार सञ्चालन गरिएको एकदिने एकीकृत घुम्ती शिविरबाट सर्वसाधारणले नागरिकता लगायतका विभिन्न सेवा सुविधा गाउँबाटै प्राप्त गरेका हुन् । सो शिविरबाट ८५ जनालाई नागरिकता वितरण, तीन जनालाई अपाङ्गता परिचयपत्र, जिल्ला स्वास्थ्य कार्यालय र ...
नेसनल प्याब्सनको अधिवेशनः गुणस्तरीय शिक्षामा जोड, अध्यक्षमा भण्डारी निर्वाचित

नेसनल प्याब्सनको अधिवेशनः गुणस्तरीय शिक्षामा जोड, अध्यक्षमा भण्डारी निर्वाचित

धनकुटा, २७ माघ । शैक्षिक उपलब्धि वृद्धि गर्न बिद्यार्थीलाई गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्न आवश्यक रहेको शनिवार धनकुटामा आयोजित कार्यक्रममा सहभागिहरुले बताएका छन् । राष्ट्रिय निजी तथा आवासिय विद्यालय एशोसिएसन नेपाल (नेसनल प्याब्सन) को चौथो जिल्ला अधिवेसन उद्घाटन कार्यक्रममा वक्ताहरुले यस्तो वताएका हुन् । सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको चौतर्फी विकास हुने शिक्षा ...
धनकुटामा वालवालिकाका लागि तेह्र बुदे कार्ययोजना तयार

धनकुटामा वालवालिकाका लागि तेह्र बुदे कार्ययोजना तयार

धनकुटा, २७ माघ । बालअधिकारको संरक्षण र सम्र्वद्धनका लागि प्रदेश न.१ को ईलाम घोषणा पत्रको कार्यान्वयनका लागि धनकुटामा १३ वुदे कार्ययोजना तयार गरिएको छ । स्थानीय सरकार र सरोकारवालाको भूमिका विषयक जिल्ला स्तरिय कार्यशालावाट कार्ययोजना तयार गरि पारित गरिएको हो । कार्ययोजना अनुसार जिल्लाका प्रत्येक विद्यालयमा बालक्लव र संरक्षक शिक्षकको व्यवस्था अनिवार्य गर्न नयाँ शैक्षिक सत्र २०७५ जेठ १५ भित्र कार्यान...
२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टार को पोल्टामा

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टार को पोल्टामा

सुनसरी, २७ माघ । २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ।  शनिबार भएको फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै सिजनमा दोस्रो उपाधि जित्न सफल भएको हो। अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक भए पछि थ्रीस्टारले उपाधि जित्नुका साथै एक साताअघि पोखरामा भएको हारको बदला समेत लिएको छ। धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ...
काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्छ: प्रवक्ता शर्मा

काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्छ: प्रवक्ता शर्मा

दमक, २७ माघ ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसलाई अब नयाँ ऊर्जा दिनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । नेपाली काँग्रेस, झापा क्षेत्र नं ५ ले आज झापाको गौरीगञ्ज गाउँपालिकामा आयोजना गरेको क्षेत्रीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रवक्ता शर्माले काँग्रेसको अहिलेसम्मको परिपाटीलाई परिवर्तन गरी अब नयाँ ढंगले पार्टीलाई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभयो । उहाँले त...
भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा: पूर्व प्रधानन्यायाधीश कार्की

भ्रष्टाचारविरुद्ध लड्दा महाअभियोगको मुद्दा: पूर्व प्रधानन्यायाधीश कार्की

विराटनगर, २७ माघ । सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश श्रीमती सुशीला कार्कीले स्वच्छ न्याय प्रणााली र भ्रष्टाचारविरुद्ध लड्दा आफूले महाअभियोगको मुद्दा खेप्नुपरेको बताउनुभएको छ । उहाँले मोरङ जिल्ला समन्वय समिति, नारी विकास संघ र एक्सन एडद्वारा संयुक्तरुपमा आजदेखि यहाँ आयोजित ‘संघीयतामा लैङ्गिक उत्तरदायी, सार्वजनिक सेवा’ विषयक गोष्ठीमा आफू प्रधानन्यायाधीश रहरले होइन बाध्यताले भएको जानकारी दिन...
प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने

प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने

विराटनगर, २७ माघ । प्रदेश १ मा २ फागुनभित्र सरकार बन्ने कुराको जानकारी शेरधन राईले दिएका छन । संवैधानिक व्यवस्थाअनुसार प्रदेश सभामा बहुमत प्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । एकल बहुमत अर्थात् ९३ सदस्यीय प्रदेश सभामध्ये ५१ सिट पाएको एमालेको दलको नेतामा निर्वाचित भएपछि राईले केही दिनभित्रै प्रदेश प्रमुखकहाँ सरकार गठनका लागि पत्र बुझाउने बताए ।...
धनकुटामा बालअधिकार सम्बन्धि गोष्ठी सम्पन्न

धनकुटामा बालअधिकार सम्बन्धि गोष्ठी सम्पन्न

धनकुटा, २६ माघ । बालअधिकारको संरक्षण र सम्बद्धनमा स्थानीय सरकार र सरोकारवालाको भूमिका विषयक गोष्ठी शुक्रवार धनकुटामा सम्पन्न भएको छ । मानव अधिकार मञ्च इलाम र सामुदायिक विकास मञ्च नेपाल, धनकुटाको संयुक्त आयोजना तथा जिल्ला समन्वय समितिको समन्वयमा जिल्ला स्तरीय १ दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा सांसद लिला सुब्बा, कुशुम कुमारी श्रेष्ठ, जिल्ला समन्वय समिति प्रमुख टंक चुवान, महालक्...
धनकुटामा महाशिवरात्री धुमधामले मनाईने

धनकुटामा महाशिवरात्री धुमधामले मनाईने

धनकुटा, २६ माघ । ब्रम्हाकुमारी राजयोग सेवा केन्द्र धनकुटाले आगामी फागुन १ गते महाशिवरात्री पर्व धुमधामले मनाउने भएको छ । ८२ औं त्रिमुर्ति महाशिवरात्री महोत्सवको अवसरमा वृहत शान्ति पदयात्रा तथा आध्यात्मिक प्रवचन कार्यक्रम गरिने ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रका प्रमुख ब्रम्हाकुमारी निर्मलाले जानकारी दिईन् । उनका अनुसार शिवरात्री पर्वको दिन बिहान झण्डोत्तोलन तथा झाँकीसहित बजारमा शान्ति पदयात्रा...
रघुपति जुटमिलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

रघुपति जुटमिलमा आगलागी हुँदा १० लाख बराबरको क्षति

विराटनगर, २६ माघ ।  विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलमा आज दिउँसो आगलागी हुँदा रु १० लाख बराबरको क्षति भएको छ । प्रदेश नं १ प्रहरी कार्यालय विराटनगरका अनुसार मिलको मेशिन तातेर भएको उक्त आगलागीबाट १० टन जुट र मेशिन जल्दा रु १० लाख बराबरको क्षति भएको छ । उक्त आगो इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी र मिलका कामदारको सहयोगमा नियन्त्रणमा लिइएको छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान...
मोटरसाइकलको ठक्करबाट मृत्यु

मोटरसाइकलको ठक्करबाट मृत्यु

उर्लाबारी, मोरङ, २६ माघ । विराटनगर– ३ स्थित कोशी राजमार्गमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको उपचारका क्रममा आज अपराह्न मृत्यु भएको छ । बिहीबार बेलुका उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को११प १८२८ नंको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिँदा विराटनगर– ४ बस्ने ५० वर्षीय रुद्र धमला गम्भीर घाइते भएकामा विराट् नर्सिङ होम विराटनगरमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको जिल्ला ट्राफ...
प्रदेश १ को मुख्यमन्त्री शेरधन राई  बन्ने पक्का

प्रदेश १ को मुख्यमन्त्री शेरधन राई बन्ने पक्का

बिराटनगर, २६ माघ । एमाले प्रदेश १ को संसदीय दलको नेतामा शेरधन राई निर्वाचित भएका छन् । यससँगै उनलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको छ । मुख्यमन्त्रीको आकांक्षी धेरै भएपछि एमालेले दलको नेता चुन्न आन्तरिक चुनाव गराएको थियो । संस्थापन पक्षबाट राई र माधवकुमार नेपाल समूहबाट भीम आचार्य चुनावी प्रतिस्पर्धामा थिए । मुख्यमन्त्रीका अर्का दावेदार जीवन घिमिरेलाई भने नेपाल समूहले अन्तिम चरणमा ब्याक गराएका थ...
प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, २६ माघ । नेकपा(एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय दलको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुभएको हो । आचार्यको समर्थक र प्रस्तावकमा गणेश काङवा...
चार वर्षअघि हराएका बालक फेला

चार वर्षअघि हराएका बालक फेला

जितपुर, कपिलवस्तु, २६ माघ । चार वर्षअघि हराएका एक बालकलाई फेला परेका छन । झापा सुरुङ्गास्थित तामाङ गाउँका १४ वर्षीय सुनिल विक चार वर्षअघि नाताले मामा पर्नेसँग भारतको पञ्जाव घुम्न गएका थिए । मामाले पञ्जाबमा आफ्नै पसलमा उनलाई काममा लगाएका थिए तर एक दिन मामा पर्नेले पसल बन्द गरी जानकारी नै नदिइ भागेको बालक सुनिलले बताए । भारतमा बेवारिसे भएर डुलिरहेका बेला भारतीय प्रहरीको सहयोगमा भारत नेपाली एकता समा...
चोरीका तीन थान मोटरसाइकलसहित दुई जना पक्राउ

चोरीका तीन थान मोटरसाइकलसहित दुई जना पक्राउ

विराटनगर, २६ माघ । चोरीका तीन थान मोटरसाइकलसहित दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा विराटनगर–२ का निशल भण्डारी र कटहरी गाउँपालिका– १ का वासु राजवंशी रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरुलाई सार्वजनिक गर्नुभएको हो । मोरङका प्रमुख उपरीक्षक अरुणकुमार विसीले गएको मंसिर २३ गते नेपाल टेलिकम कार्यालयको प्राङणबाट चोरी भएको को...
धनकुटाको वेलहारामा ४७ जना जेष्ठ नागरिक सम्मानित

धनकुटाको वेलहारामा ४७ जना जेष्ठ नागरिक सम्मानित

धनकुटा, २६ माघ । धनकुटा नगरपालिका-९ वेलहारामा ४७ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । धनकुटा नगरपालिकाको सहयोग तथा वडा ९ नम्वर कार्यालयको आयोजनामा वडामा रहेका ८० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत वडामा रहेका ८० वर्ष भन्दा माथिका ३९ जना र अति विपन्न ७० वर्ष भन्दा माथिका ८ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको वडा अध्यक्ष सन्दिप रायामाझीले बताए ...
सिरकभित्र निसास्सिएर बालकको मृत्यु

सिरकभित्र निसास्सिएर बालकको मृत्यु

गाईघाट, उदयपुर, २६ माघ । उदयपुरको कटारी नगरपालिका–६ स्थित बाकेटारमा विवाहको उत्सव चलिरहेको बेला विवाह घरको पलङमा सुताएको एक वर्षको बालकको सिरकभित्र निसास्सिएर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय, कटारीका अनुसार मृत्यु हुने एक वर्षको बालक रंजीत विक रहेका छन् । प्रहरीका अनुसार बुधबार बाँकेटारमा होमबहादुर विकको घरमा विवाह उत्सव भइरहेको बेला आफन्तको विवाहमा पुगेकी गीता विकले छोरा रंजीत विकलाई घरभ...
प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

प्रदेश १ मा मुख्यमन्त्रीका लागि आज एमाले संसदीय दलको निर्वाचन

विराटनगर, २६ माघ । प्रदेश १ को मुख्यमन्त्रीको टुंगो आज लाग्दै छ । सकेसम्म सर्वसम्मत, नभए मतदान प्रक्रियाबाट एमालेले संसदीय दलको नेता टुंगो लगाउने भएको छ । त्यसका लागि शुक्रबार ११ बजे विराटनगरस्थित प्रदेश सभा भवनमा दलको बैठक बोलाइएको छ । बहुमत प्राप्त दल एमालेको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने पक्का छ । एमाले दलको नेता बन्न सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई मुख्य प्रतिस्पर्धामा छ...
बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश

बुढासुब्बा गोल्डकप: नेपाल पुलिस र थ्री स्टार फाइनलमा प्रबेश

धरान, माघ २५ । धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ। धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुर्गापुरलाई ० का विरुद्ध  १ गोल गर्दै थ्री स्टार फाइनलमा पुगेको हो। खेलको ७३ औं मिनेटमा अनन्त तामाङलाई रिप्लेस गर्दै मैदान छिरेका विष्णु गुरुङ्गले ९४औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन्। श...
माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

माओवादी केन्द्र प्रदेश नं १ संसदीय दलमा आङ्बुहाङ

विराटनगर, २५ माघ ।  नेकपा (माओवादी केन्द्र) ले प्रदेश नं १ को संसदीय दलका नेतामा टङ्क आङबुहाङ (ताप्लेजुङ) लाई सर्वसम्मत चयन गरेको छ । माओवादी केन्द्र प्रदेश नं १ का संयोजक सावित्रीकुमार काफ्लेले आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा आङ्बुहाङलाई सर्वसम्मत दलका नेतामा चयन गरिएको बताउनुभयो । त्यस्तै पार्टीका तर्फबाट सरकारमा नेतृत्व गर्नका लागि इन्द्र हाङ्वो (पाँचथर) लाई पनि सर्वसम्मत चयन गरिएको छ...
पर्यटन प्रवद्र्धनका लागि पाथीभरा पर्यटन महोत्सव

पर्यटन प्रवद्र्धनका लागि पाथीभरा पर्यटन महोत्सव

ताप्लेजुङ, २५ माघ । ताप्लेजुङलाई १ नम्बर प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने उद्देश्यसहित तीन दिने पाथीभरा पर्यटन महोत्सव तथा हिमालयन गाईड्स पाथीभरा म्याराथनको आयोजना गरिँदै छ । यहाँ अवस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न आगामी फागुन १ देखि ३ गतेसम्म महोत्सवको आयोजना गर्न लागिएको हो । पाथीभरा देवी मन...
नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीको अाकर्षण (फोटो फिचरसहित)

नोबेलमा अत्याधुनिक न्यूरो सर्जरी सेवाले बिरामीको अाकर्षण (फोटो फिचरसहित)

बिराटनगर, २५ माघ । बिराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा अत्याधुनिक न्यूरो सर्जरी सेवा सुरु भएपछि बिरामीको चाप बढेको छ । न्यूरोसम्बन्धी सम्पूर्ण रोगको उपचारका लागि अत्याधुनिक उपकरण ल्याएर गुणस्तरीय उपचार थालिएपछि नोबेल अस्पतालमा बिरामीको चाप बढेको हो । जर्मन, अमेरिकालगायत देशबाट नोबेलले अत्याधुनिक उपकरणसँगै बिशेषज्ञ डाक्टरको ब्यवस्थापन गरी गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन थालेपछि अस...
निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

निर्वाचित राष्ट्रियसभा सदस्यलाई प्रमाणपत्र वितरण

विराटनगर, २५ माघ ।  प्रदेश नं १ बाट निर्वाचित राष्ट्रियसभा सदस्यलाई आज यहाँ प्रमाणपत्र वितरण गरियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडा र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्त रुपमा सातजना नवनिर्वाचित सदस्यलाई प्रमाणपत्र वितरण गर्नाका साथै फूलमाला र खादा ओढाइ स्वागत गर्नुभएको थियो । सो अवसरमा निर्वाचित सांसदहरु नैनकला ओझा (मोरङ), खेमराज नेपाली (मोरङ), हरिचरण शिवाकोटी (झापा)...
ब्यक्तिगत घटना समयमै दर्ता गराउँनेलाई प्रोत्साहन स्वरुप पैसा दिईने

ब्यक्तिगत घटना समयमै दर्ता गराउँनेलाई प्रोत्साहन स्वरुप पैसा दिईने

धनकुटा, २५ माघ । धनकुटा नगरपालिकाले व्यक्तिगत घटना समयमै दर्ता गराउनेलाई प्रोत्साहन स्वरुप पैसा दिने भएको छ । नगर कार्यपालिकाको नवौं वैठकले व्यक्तिगत घटना ३५ दिन भित्र दर्ता गराएमा प्रोत्साहन स्वरुप एक सय रुपैया दिने निर्णय गरेको हो । जन्म, मृत्य, विवाह, वसाईसराई र सम्बन्ध विच्छेद जस्ता घटना समयमै दर्ता गराउँनका लागि प्रोत्साहन रुवरुप पैसा दिने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता जमशेर राईले संगाल...
तराईबाट हलेसी जोड्ने बतासेघाटमा पुल बन्ने

तराईबाट हलेसी जोड्ने बतासेघाटमा पुल बन्ने

खोटाङ, २५ माघ । पूर्वी तराईबाट खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी जोड्ने बतासेघाटमा पक्की पुल निर्माण हुने भएको छ । उदयपुरको सुनकोशी गाउँपालिका–१, बाँसबोटे र खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिमको सिमानामा पर्ने सुनकोशीस्थित बतासेघाटमा पक्की पुल निर्माण हुने भएको हो । सडक र पुलका माध्यमबाट हलेसी र उदयपुरको गाईघाटलाई जोडेर आर्थिक समृद्धि प्राप्तिका लागि सुनकोशी गाउँपालिकाको पहलमा पु...
सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

सुकिलुम्बा विमानस्थलमा चैतसम्ममा परीक्षण उडान

मंगलबारे, इलाम, २५ माघ । इलाममा निर्माणाधीन विमानस्थलमा आगामी चैतसम्ममा परीक्षण उडान हुने भएको छ । विमानस्थलको प्राविधिक परीक्षण गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणले परीक्षण उडान गर्ने भएको हो । सुकिलुम्बा विमानस्थल आयोजना प्रमुख पुष्प न्यौपानेले हाल विमानस्थलमा माटोको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । सबग्रेड कार्य भइरहेको भन्दै उहाँले लेभल परीक्षण गरेपछि चैत महिना सम्ममा परीक्षण उडान...
काँग्रेस सांगठनिकरुपमा मजबुत बन्छ-प्रवक्ता शर्मा

काँग्रेस सांगठनिकरुपमा मजबुत बन्छ-प्रवक्ता शर्मा

विराटनगर, २४ माघ ।  नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेस अब रुपान्तरण भई सांगठनिकरुपमा मजबुत बन्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल प्रेस युनियन मोरङद्वारा आज विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उहाँले काँग्रेसले निर्वाचनका बेला आफूले गरेका राम्रा कामबारे जनतालाई अवगत गराउन नसक्दा पराजय बेहोर्नपरेको उल्लेख गर्नुभयो । पार्टीभित्र देखिएका कमीकमजोरी हटाउनुपर्ने र प्...
इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा

इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा

मंगलबारे, इलाम, २४ माघ ।  जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ । भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो । विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो । अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिनुभयो । तीन करोड ३० लाखको लागत बनाइएको यो भवनमा न...
प्रदेश नं १ को मतदान सम्पन्न, मतपरिणाम आजै आउने

प्रदेश नं १ को मतदान सम्पन्न, मतपरिणाम आजै आउने

विराटनगर, २४ माघ । प्रदेश एकको राष्ट्रियसभा सांसदको मतदान सकिएको छ । तीन सय ६७ जना मतदात रहेकोमा ३६४ जनाले मतदान गरेका छन् । २७२ जना स्थानीय तहका प्रमुख/उपप्रमुख र ९२ जना प्रदेश सांसदले मतदान गरेका हुन् । एक जना प्रदेश सांसद र दुई जना स्थानीय तहका प्रतिनिधिले भने मतदान गरेका छैनन् । क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलका स्थानीय तहका प्रमुख/उपप्रमुख तर्फ ताप्जेजुङ मिक्...
प्रदेश १ मा लिम्बुवान सांसदबाट मतदान बहिस्कार

प्रदेश १ मा लिम्बुवान सांसदबाट मतदान बहिस्कार

काठमाडौं ,२४ माघ । प्रदेश १ मा बुधबार बिहानैबाट मतदान सुरु भएको छ । एक सांसद रहेको संघीय लिम्बुवान मञ्चले भने मतदान नगर्ने जनाएको छ । राष्ट्रिय सभाका ८ सांसदका लागि ९३ प्रदेशसभा र १३७ स्थानीय तहका २७४ समेत गरी ४११ जना जनप्रतिनिधिहरुले मतदान गरेका छन् । प्रदेश सांसदको मतभार ४८ छ भने नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखहरुको मतभार १८ हुनेछ । कुल ९३ प्रदेश सांसदहरुमध्ये वामपन्थी दलहरुको ६७ मत ...
error: Content is protected !!