कडा खालको रोगीको संख्यामा वृद्धि

कडा खालको रोगीको संख्यामा वृद्धि

भद्रपुर, १८ माघ ।  झापामा गएको तीन आवको लेखाजोखा गर्दा मानिसमा हुने कडा खालको रोगको संख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आव २०७०/७१ मा मिर्गौला पीडित ५२ जना, मुटुरोगी ७७ जना र अर्बुद रोगी १८३ जना देखिए भने आव २०७१/७२ मा मुटु रोगी १२० जना, मिर्गौला रोगी ६५ जना र अर्बुद रोगी २३३ जनाले जिल्ला जनस्वास्थ्य कार्यालयबाट सिफारिश लिएको तथ्यांक शाखा...
इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरीमा प्रदेश स्तरीय क्यान इन्फाेटेक मेला हुने

इटहरी, १८ माघ । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघ सुनसरीले इटहरीमा एक नं प्रदेस स्तरीय क्यान इन्फोटेक मेला  फागुन २३ गते देखी २७ गते सम्म  गर्ने भएको छ। सूचना तथा सञ्चार प्रविधिकाे क्षेत्रमा काम गर्दै अाएकाे कम्प्युटर ब्यवसायिहरूकाे संगठन क्यान महासंघ सुनसरीले बुधबार पत्रकार सम्मेलनकाे अायाेजना गर्दै साे कुराकाे जानकारी गराएकाे हाे । इटहरी स्थित जनता  माविकाे खेल मैदानमा लाग्ने उक्त मेल...
चार दिनदेखि युवती बेपत्ता

चार दिनदेखि युवती बेपत्ता

पाँचथर, १८ माघ ।  पाँचथरको फिदिम नगरपालिका–५ बस्ने २६ वर्षीया कमला तुम्बापो (सुस्मिता) चार दिनदेखि बेपत्ता हुनुभएको छ । घरबाट फिदिमस्थित साम्दिन घुम्तीसम्म पुगेर आउने भनेर माघ १५ गते निस्केकी तुम्बापो नफर्किएपछि आफन्त र परिवारजनले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उहाँका श्रीमान् कुबेर तुम्बापोले बताउनुभयो । धेरै खोजतलास गरिए पनि उहाँ फेला पर्न नसकेपछि परिवारजनले जिल्ला प्रहरी कार्यालय पाँच...
भोजपुरका जनप्रतिनिधिलाई प्रशिक्षण

भोजपुरका जनप्रतिनिधिलाई प्रशिक्षण

भोजपुर, १८ माघ । यही माघ २४ गते विराटनगरमा हुन लागेको राष्ट्रिय सभा निर्वाचनका लागि भोजपुरका जनप्रतिनिधिलाई प्रशिक्षण दिइएको छ । जिल्ला निर्वाचन कार्यालय भोजपुरले स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रदेश सभामा निर्वाचित जनप्रतिनिधिलाई राष्ट्रियसभा निर्वाचन, निर्वाचन प्रणाली, मतदान गर्ने तरिका, मतपत्र लगायतका विषयमा बुधबार प्रशिक्षण दिइएको जिल्ला निर्वाचन अधिकारी राजेन्द्रप्रसाद पोखरेलले जानकारी...
दुर्घटनामा एकको मृत्यु

दुर्घटनामा एकको मृत्यु

बनियानी, झापा, १८ माघ ।  झापाको हल्दीबारी–३ देउनिया पुल नजिकै ट्र्याक्टरले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा हल्दीबारी–३, जलथलका ४७ वर्षीय भीमबहादुर गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पृथ्वीनगरबाट हल्दीबारीतर्फ आउँदै गरेको मे १ त ६१७४ नंको ट्र्याक्टरले गिरीलाई बुधबार बेलुका ठक्कर दिएको थियो । ठक्करबाट गिरीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको ...
मलेशियामा दमकका विष्टको मृत्यु

मलेशियामा दमकका विष्टको मृत्यु

दमक, १८ माघ । झापा, दमक–२ का सुरेन्द्र विष्ट (फणिन्द्र) को वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा मृत्यु भएको छ । त्यहाँस्थित एयरपोर्टमा कार्यरत ३२ वर्षीय विष्टको गत माघ १३ गते सुतेको अवस्थामा मृत्यु भएको हो । सुतेको अवस्थामा मुखबाट फिँज निकालिरहेको अवस्थामा फेला परेपछि उपचारका लागि अस्पताल लगिएको थियो । अस्पतालमा उपचारका क्रममा विष्टको मृत्यु भएको थियो । तीन वर्षअघि रोजगारीका क्रममा मलेशिया पु...
जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

जिल्ला वन कार्यालयविरुद्ध अख्तियारमा उजुरी

इनरुवा, १८ माघ । काठ लिलामीमा कार्यालय प्रमुख सहितका कर्मचारीले आर्थिक प्रलोभनमा परी अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा जिल्ला वन कार्यालय सुनसरीविरुद्ध उजुरी परेको छ । काठ लिलामसम्बन्धी कार्यमा आर्थिक अनियमितता भएको र सर्वसाधारण नागरिक तथा दैवी प्रकोपमा परेका मानिसलाई सहुलियत दरमा काठ वितरण नगरी आर्थिक प्रलोभनमा परी कार्यालय प्रमुख सहितका अन्य कर्मचारीले लिलाम गरेको आरो...
प्रदेशका कार्यालय भवन मर्मतका लागि सात करोड

प्रदेशका कार्यालय भवन मर्मतका लागि सात करोड

पथरी, मोरङ, १८ माघ । १ नं प्रदेश प्रमुखको कार्यालय र मुख्यमन्त्री, मन्त्री, सभामुख र उपसभामुखको कार्यालय भवनको मर्मतका लागि रु सात करोड विनियोजन गरिएको छ । प्रदेश कार्यालय र मन्त्रालय रहने भवनको मर्मत–सम्भारसहित अन्य कामका लागि साढे सात करोड बजेट आएको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख श्याम किशोर सिंहले बताउनुभयो । प्रदेश नं १ को अस्थायी राजधानीको संरचना मर्मतका लागि राज्यले स...
उदयपुरका ३ पसलमा चोरी

उदयपुरका ३ पसलमा चोरी

उदयपुर, १७ माघ । जिल्लाको सदरमुकाम गाईघाटका ३ वटा पसलमा चोरी भएको छ। बुधबार विहान ३ बजेको समयमा गाईघाट हिमालय टोलस्थित व्यस्त बजारमा कुमार घिमिरेको किराना पसल फुटाएर अज्ञात समूहले ७४ हजार ५ सय रुपैंया नगद र केही सामान चोरी लगेको छ। पसल सञ्चालक घिमिरेका अनुसार पसलमा बिक्रीको पैसा र नेत्रज्योति संघको एम्बुलेन्स सञ्चालनबाट संकलित रकम राखेर घर गएका घिमिरेले विहान पसल खोल्न आउँदा सटरको ताला फुटाएर चोर...
नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

नेपाल राष्ट्रिय शिक्षक संगठनको अध्यक्षमा अधिकारी निर्वाचित

धनकुटा, १७ माघ । नेपाल राष्ट्रिय शिक्षक संगठन धनकुटाको एघारौं जिल्ला अधिवेशनले छत्रप्रसाद अधिकारीको नेतृत्वमा नयॉ कार्य समिति चयन गरेको छ । मंगलवार राति सम्पन्न अधिवेशनबाट अध्यक्ष पदका प्रत्यासी नगेन्द्र भट्टराईलाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । विजयी अधिकारीले ३ सय ९३ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी नगेन्द्र भट्टराईले ३ सय ५४ मत प्राप्त गरेको निर्वाचन समिति संयोजक रामबहा...
प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

प्रदेशसभाको पहिलो बैठकको तयारी तीव्रगतिमा

विराटनगर, १७ माघ ।  प्रदेशसभाको पहिलो बैठक बस्ने सभाभवनको मर्मतकार्य तीव्रगतिमा भइरहेको छ । विराटनगरस्थित जिल्ला समन्वय कार्यालयको सभाभवनमा प्रदेश नं. १ को प्रदेशसभाको पहिलो बैठक बस्ने भएकाले तीव्रगतिमा त्यसको मर्मतकार्य भइरहेको छ । बैठक हुने भवनको रंगरोगनका साथै आवश्यक पूर्वाधार निर्माणका कार्यसमेत अन्तिम चरणमा पुगेको हो । रंगरोगनलगायतका कार्य सम्पन्न भएपछि कार्पेट बिछ्याउनुका साथै कुर्सी...
सङ्ग्रहालयलाई पुरातात्विक सामग्री

सङ्ग्रहालयलाई पुरातात्विक सामग्री

तेह्रथुम, १७ माघ । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगमस्थल तीनजुरे मिल्के जलजले क्षेत्रको गुफाबजारमा स्थापना भएको पर्यटन सूचना केन्द्र र सङ्ग्रहालयलाई स्थानीय एक युवा क्लबले पुरातात्विक सामग्री हस्तान्तरण गरेको छ । चैनपुर नगरपालिका–१ स्थित प्रि–म्युजिक युथ क्लब, पहिरेले तीनजुरे मिल्के जलजले पर्यटन प्रवद्र्धन केन्द्रद्वारा सञ्चालित सङ्ग्रहालयका लागि ऐतिहासिक तथा पुरातात्विक सामग्री हस्तान्तरण ग...
तालाबन्दी नखुल्दा वडावासी समस्यामा

तालाबन्दी नखुल्दा वडावासी समस्यामा

मंगलबारे, इलाम, १७ माघ । इलाम नगरपालिका–१२ साङरुम्बाको वडा कार्यालयमा लगाइएको तालाबन्दी एक साता बितिसक्दा पनि नखुलेपछि वडावासीलाई समस्या भएको छ । कार्यालयमा तालाबन्दी हुँदा वडा कार्यालयका सम्पूर्ण काम ठप्प भएका छन् । तालाबन्दी भएपछि कार्यालयमा कुनै काम भएको छैन, जसका कारण सेवाग्राही मर्कामा परेका छन् । नगरपालिकाबाट विनियोजित रु २० लाखबाट निर्माण गरिने ढोलेदेवी–दमाइ इन्टेक जाने बाटो निर्माण समित...
देशकै होचो मान्छे भेटिएको दाबी

देशकै होचो मान्छे भेटिएको दाबी

पथरी, मोरङ, १७ माघ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइ मात्र ३१ इन्च छ । देशभर रहेका होचाको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिनु भएन । तेह्र किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेट्नुभयो । उहाँले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्ने भन्दै यस्ता युवकलाई प्रोत्साहन गर्न महानगरपालिकाले मासिक रु तीन हजार आन्तरिक स्रोतबाट उपलब्ध ...
ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

ब्रेनट्युमर पीडित दीपाको उपचारमा सहयोग

खोटाङ, १७ माघ ।  ऐँसेलुखर्क गाउँपालिका–२, बाकाचोलकी ब्रेन ट्युमर पीडित बालिका दीपा राईलाई रु ७८ हजार ४९५ रुपैयाँ सहयोग प्राप्त भएको छ । यसअघि हङकङ निवासी शुभेच्छुकबाट एक लाख १४ हजार ४०० सहयोग प्राप्त भएकोमा ती १२ वर्षीया बालिकालाई पुनः उपचार खर्चस्वरुप सहयोग प्राप्त भएको हो । दीर्घायु गुरु अस्पताल, चाबहिलमा शल्यक्रिया गरिएकी बालिकालाई हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ दियाले घर भई हाल पोर्चुगल...
किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

किराती उद्गम थलोको प्रवद्र्धन गर्न गीति भिडियो

खोटाङ, १७ माघ । किराती सभ्यताको उद्गमस्थल खोटाङको तुवाचुङ–जायजुमको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ सोही स्थानसँग सम्बन्धित गीति भिडियो निर्माण शुरु गरिएको छ । हलेसी तुवाचुङ नगरपालिकास्थित किराती इतिहास, सभ्यता तथा सीपसँग जोडिएको रमणीय तुवाचुङलाई गीति भिडियोको माध्यमबाट संसारभर परिचित गराउने उद्देश्यका साथ सोही स्थानको परिचय झल्कने गीतको भिडियो निर्माण शुरु गरिएको हो । नेपालक...
धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटामा यसरी मनाईयो शहीद दिवस

धनकुटा, १६ माघ । शहीदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी धनकुटामा पनि मंगलबार शहीद दिवस मनाईएको छ । हुसाडेक नेपाल धनकुटाको आयोजनामा धनकुटा–७ वसपार्क स्थित शहीद स्मारक स्तम्भमा माल्यार्पण गरी शहीदहरुप्रति श्रद्धाञ्जली अपर्ण गरिएको छ । शहीद स्मारक स्तम्भमा माल्यार्पण गर्दै प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले शहीदले देखेको सपना साकार पार्नु आफ्नो कर्तव्य भएकाले शहीदको सपना पुरा गर्न सदैव लागिपर्ने ...
विद्युत् सर्ट भइ आगलागी  हुँदा ७ लाखको क्षति

विद्युत् सर्ट भइ आगलागी हुँदा ७ लाखको क्षति

काठमाडौं, १६ माघ । सुनसरीको धरान उप–महानगरपालिका–१५ मा आगलागी हुँदा ७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत् सर्ट भइ स्थानीय बमबहादुर विश्वकर्माको घरमा आगलागी भएको हो । आगलागीबाट उनको दुई तले घर तथा घरभित्र रहेका सामानमा क्षति पुगेको प्रहरीले जनाएको छ । आगलागी प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, धरानले जनाएको छ ।
चिया बगानमा मजदूर अभाव

चिया बगानमा मजदूर अभाव

इलाम, १६ माघ । बढ्दो विदेश पलायन र अन्य क्षेत्रमा आकर्षक रोजगारीका कारण पछिल्लो समय इलामका चिया बगानमा काम गर्ने मजदूरको अभाव हुन थालेको छ । चिया मजदूर अभावका कारण हरियो पत्ती टिप्ने, गोडमेल गर्ने तथा चिया छाँटकाँट गर्ने मजदूरको अभाव भएपछि चिया व्यवसाय नै संकटमा परेको छ । मजदूर अभावका कारण यहाँका चिया बगान झाडीमा परिणत हुँदै जानुका साथै पत्ती टिपाइ पनि समयमै हुन छाडेको छ । चिया बगानमा काम गर...
डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

डेढ दर्जन क्लिनिक गैरकानुनी रुपमा सञ्चालित

गाईघाट, उदयपुर, १६ माघ ।  कटारी नगरपालिका, कटारी बजारमा सञ्चालन हुँदैआएका करिब तीन दर्जन मेडिकल हल तथा क्लिनिकमध्ये झण्डै डेढ दर्जन गैरकानुनी रुपमा सञ्चालन हुँदै आएका छन् । गत शुक्रबार र शनिबार क्षेत्रीय औषधि कार्यालय विराटनगरबाट कटारी बजारमा आएको टोलीले कटारीमा आउँदा यस्ता अवैध सञ्चालन हुँदै आएका क्लिनिक तथा औषधि पसलका सञ्चालक पसल नै बन्द गरेर भागेको स्थानीयवासी शम्भुप्रसाद दाहालले बताउनुभयो ।...
युवती चार दिनदेखि बेपत्ता

युवती चार दिनदेखि बेपत्ता

इलाम, १६ माघ । सूर्याेदय नगरपालिका–८ घर भई हाल इलाम नगरपालिका–३ पुवामझुवामा आफन्तकहाँ बस्दै आएकी १६ वर्षीया समीक्षा बस्नेत चार दिनदेखि बेपत्ता भएकी छन् । नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि हालसम्म पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताउनुभयो । धेरैतिर खोजतलास गरिए पनि उनी फेला पर्न नसकेपछि आफन्त र परिवारले...
‘जिउँदो शहीद’ को रिक्सा सहारा

‘जिउँदो शहीद’ को रिक्सा सहारा

बिर्तामोड, झापा, १६ माघ ।  जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छोरा पाल्ने दायित्व उहाँकै काँधमा छ, त्यसैले उहाँ सकिनसकी सिटी रिक्सा चलाइरहनुभएको छ । “के गर्नू, गरी ...
प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

प्रदेश १ को अधिवेशन माघ २२ मा हुने

विराटनगर,१६ माघ । प्रदेश नं १ को प्रदेशसभाको पहिलो अधिवेशन यही माघ २२ गते अपराह्न १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश प्रमुख गोविन्दबहादुर सुब्बाले कानुनविद्सँगको परामर्शपछि अधिवेशन आह्वान गरिएको जानकारी दिए । अधिवेशन विराटनगरस्थित जिल्ला समन्वय समितिको सभा भवनमा हुनेछ ।
बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

बेपत्ता भएको नौ महिनापछि कंकाल भेटियो

तेह्रथुम, १६ माघ।  तेह्रथुममा बेपत्ता भएको नौ महिनापछि एक व्यक्तिको कंकाल भेटिएको छ । म्याङलुङ नगरपालिका–९, साब्लाका ६८ वर्षीय पदमबहादुर लिम्बूको झुण्डिएर आत्महत्या गरेको अवस्थामा म्याङलुङ नगरपालिका–६ स्थित पात्लेचौर सामुदायिक बनको जंगलमा कंकाल भेटिएको हो । जंगलमा पात्लेको रुखमा झुण्डिएर आत्महत्या गरेका लिम्बूको एउटा नली खुट्टाको हड्डी र टाउकोको कंकाल मात्रै भेटिएको जिल्ला प्रहरी कार्यालयका नि...
सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

सुत्केरी प्याकेजबाट २२ महिला लाभान्वित

इलाम, १६ माघ।  इलाम नगरपालिकाले चालू आवको छ महिनाको अवधिमा २२ जना आमाहरुलाई सुत्केरी सुविधा प्याकेज उपलब्ध गराएको छ । सुत्केरी सुविधाको प्याकेजमा एक किलोग्राम घ्यू, एक पावा ज्वानो, एक किलोग्राम सखर, एक किलोग्राम मिश्री, सुत्केरी आमा र बच्चाको लागि एक/एक थान ब्ल्याङ्केटसहित रु दुई हजार बराबरको जिन्सी सामग्री उपलब्ध गराइएको प्रशासकीय अधिकृत शाहले जानकारी दिनुभयो । प्रथम नगरसभाबाट स्वीकृत आव ...
देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

देशकै होची महिलालाई सामाजिक सुरक्षा भत्ता

पथरी, मोरङ, १६ माघ।  मोरङको सुन्दर हरैँचा नगरपालिकामा देशकै होची महिला फेला परेको दाबी गरिएको छ । सुन्दर हरैँचा नगरपालिका–४ निवासी रमेशप्रसाद मुररकी १९ वर्षीया छोरी मालती ऋषिदेव देशकै होचो महिला भएको दाबी गरिएको हो । १४ किलो तौल रहेकी मालतीको उचाइ ३२ इन्च छ । उहाँको नागरिकता छैन, तर सुन्दर हरैँचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले मालतीलाई सामाजिक सुरक्षा भत्ताबापत मासिक रु दुई हजार उपलब्ध ग...
हात्ती आतंक नियन्त्रण गर्न वनपथ

हात्ती आतंक नियन्त्रण गर्न वनपथ

बनियानी, झापा, १६ माघ।  हात्ती आतंक नियन्त्रण गर्न झापाको भद्रपुर नगरपालिका आसपासको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको छ । नगर क्षेत्रको १, २, ३ र ४ नम्बर वडामा रहेको वन क्षेत्रमा वनपथ निर्माण शुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले जानकारी दिनुभयो । उहाँका अनुसार वनपथ निर्माणका लागि चालू आव २०७४/०७५ का लागि रु ५५ लाख विनियोजन समेत गरिएको छ । “प्रारम्भिक चरणमा रु ५५ ला...
सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

सुख्खाग्रस्त गाउँमा सेनाद्वारा धारा निर्माण

तेह्रथुम, १६ माघ।  तेह्रथुमको म्याङलुङ नगरपालिका–१०, तम्फुलास्थित सुख्खाग्रस्त गाउँमा नेपाली सेनाले धारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको छ । यहाँ रहेको नेपाली सेनाको इन्द्रदल गुल्मले आफ्नो सैनिक नागरिक सम्बन्ध सुधार तथा जनहितका कार्यअन्तर्गत गाउँका सर्वसाधारणका लागि खानेपानीको धारा निर्माण गरिदिएको हो । गाउँवासीलाई सहज होस् भनेर बिस्कुने चौतारा अगाडिको याकुम्बामा धारा निर्माण गरिदिएको...
प्रदेश नं १ मा छ जना निर्विरोध

प्रदेश नं १ मा छ जना निर्विरोध

विराटनगर, १५ माघ । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत प्रदेश नं १ मा छ जना निर्विरोध निर्वाचित हुनुभएको छ भने दुई पदका लागि निर्वाचन हुने भएको छ । प्रदेश नं १ को निर्वाचन अधिकृतको कार्यालयले आज जारी गरेको सूचनाका आधारमा खुल्लातर्फ नेकपा(एमाले)का परशुराम मेघी गुरुङ (संखुवासभा), नेपाली काँग्रेसका रमेशजङ्ग रायमाझी (मोरङ) र एमालेकै हरिचरण शिवाकोटी (झापा) निर्विरोध निर्वाचित हुनुभएको छ । त्यसैगर...
आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

आधुनिक प्रविधीको कारणले उजुरीपेटिका विस्थापित हुँदै

संखुवासभा, १५ माघ । संखुवासभाका सरकारी कार्यालयका परम्परागत उजुरीपेटिका प्रयोगबिहीन बन्दै गएका छन् । सरकारी कार्यालयहरूमा काम कारबाही, कर्मचारीको व्यवहार, ढिलासुस्तीका बारेमा सेवाग्राहीलाई गुनासो र उजुरी गर्न सहज होस् भन्ने उद्देश्यले राखिएका उजुरीपेटिका प्रयोगविहीन बनेका हुन् । सुशासन, पारदर्शी र जवाफदेहिताको लागि मुख्य भूमिका खेल्ने उजुरी, गुनासो तथा सुझावपेटिका अहिले प्रयोगविहीन बनेका छन् ।...
मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

मृत फेला परेकी बालिकालाई बलात्कारपछि हत्या गरेको पुष्टि

खोटाङ, १५ माघ । खोलाको बगरमा गाडिएको अवस्थामा फेलापरेको रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाकी आठ वर्षीया बालिका लुमणी भनिने ब्रिस्मा राईलाई बलात्कारपछि हत्या गरेको पुष्टि भएको छ । गत माघ १० गते राति स्थानीय चिम्चीमा खोलाको बगरमा गाडिएको अवस्थामा फेला परेकी उनलाई सोही स्थानका १६ वर्षीय जीउधन राईले बलात्कारपछि हत्या गरेर ढाकछोप गर्न खोलाको बगरमा गाडेको पुष्टि भएको प्रहरीले जनाएको छ । घटनालगत्तै...
error: Content is protected !!