सुन्तला उत्पादनमा ३५ प्रतिशतले कमी
धनकुटा, १८ माघ । जिल्लामा यस वर्ष ३५ प्रतिशतले सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अघिल्लो वर्ष जिल्लामा ५५५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएकामा चार हजार ४०४ मेट्रिक टन उत्पादन भएको थियो ।
सुन्तलाका बोटमा सिट्रस ग्रिनिड र चाइनिज फ्रुटफ्लाइको प्रकोप बढेसँगै बगैँचा नष्ट हुन थालेपछि उत्पादनमा कमी आएको हो । रोग किराको संक्रमण, जलवायु परिवर्...




























