संगालोखबर सम्वाददाता

विराटनगर, २२ माघ । प्रदेश १ को पहिलो प्रदेशसभा बैठक आज विराटनगरमा सम्पन्न भएको छ । दिउसो १ बजे बस्ने भनिएको बैठक केही ढिलाई भएको थियो ।

Advertisement

बैठक राष्ट्र गीतबाट प्रारम्भ गरी सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो । जेष्ठ सदस्य ओमप्रकाश सरावगीको अध्यक्षतामा बसेको वैठकमा विभिन्न दलका ७ जनाले बोलेका थिए ।

पहिलो वैठकको शुरुमा बोल्दै स्वतन्त्रबाट सदस्य बनेका नारायण बहादुर मगरले संघिय गणतन्त्रकको अभ्यास गरिरहँदा जनताले दिएको जिम्मेवारीलाई पूरा गर्नुपर्ने दायित्व समेत रहेको बताए ।

लिम्बुवान राज्यको माग गर्दै आएको संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट सदस्य बनेकी अर्की सांसद बिष्णु तुम्बाहाम्फेले पैसाको भरमा स्वाभिमान बेच्न नहुने तर्क गरिन्।

उनले देशमा ७ मात्रै नभई १० प्लस १ प्रदेशको आवश्यकता रहेको बताइन् । उनले प्रदेश १ मा पनि लिम्बुवान र खम्वुवान दुई प्रदेश थप्नुपर्नेमा जोड दिइन् ।

‘हिन्दु राष्ट्र र राजतन्त्रलाई स्मरण गर्दै उनले थपिन, जाती भाषा र भुगोलका नाममा हामी विभाजित त भइरहेका छैनौं ?’ संघिय समाजवादी फोरमका तर्फबाट सदस्य बनेका सांसद जयराम यादवले भने सवै पक्षलाई समेटेर प्रदेशलाई समृद्ध बनाउन आवश्यक रहेकोमा जोड दिए ।

माओवादी केन्द्रबाट सदस्य बनेका सांसद इन्द्र आङ्बोले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धता पूरा गर्ने बेला आएको बताए । सवै राजनितिक दलहरुले प्रदेशलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेको स्मरण गर्दै उनले ति प्रतिबद्धता पूरा गर्न जुट्ने समय आएको बताए ।

नेकपा एमालेबाट सदस्य बनेका सांसद भीमप्रसाद आचार्यले अहिलेसम्म अधिकारको लडाईमा राजनिति अलमिलएका कारण प्रचुर सम्भावना रहेर पनि यस क्षेत्रको विकासले फड्को मार्न नसकेको बताए । उनले अब भने सवै दलको साझा एजेण्डा आर्थिक समृद्धिको रहेको भन्दै यो प्रदेशले आर्थिक विकासमा फड्को मार्ने विश्वास व्यक्त गरे ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर स्थित जिल्ला समन्वय समितिको हलमा बसेको पहिलो वैठकले प्रदेशसभा कार्य सञ्चालन अन्तरीम कार्य्विधि २०७४ पारित गरेको छ । सभाका अध्यक्ष ओमप्रकाश सरावगीले तत्कालका लागि सभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरुसँगको छलफलबाट कार्य्विधि तयार पारिएको जानकारी गराए ।

छ । वाम गठबन्धनमा भएको भागवण्डामा मुख्यमन्त्री र सभामुख दुबै एमालेको भागमा परेको छ । प्रदेशसभाको बैठकले अन्तरिम कार्यविधि पारित गरेको छ भने सभामुखको अनुपस्थितिमा सभा सञ्चालनका लागि समिति पनि बनाएको छ । अर्को वैठक २९ माघ दिउँसो १ बजे बस्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!