ईश्वर थापा/संगालोखबर

धनकुटा, १८ माघ । प्यारालाइसिस रोगबाट पीडित धनकुटाका एक बिरामीको उपचारका लागि विदेशमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

दयनीय आर्थिक अवस्थाका कारण उपचार गर्न नसकी रोगले थलिएर कष्टकर जिवन बिताईरहेका धनकुटा–३ का ६४ बर्षीय गंगबहादुर दर्जीको उपचारार्थ हङकङमा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका हुन् ।

Advertisement

हङकङमा बस्दै आएका सुरेश याक्सो लिम्बूको अगुवाईमा उपचार सहयोगार्थ ७३ हजार रकम उपलब्ध गराईएको हो । सहयोग संकलनका लागि धनकुटा–३ का वडाध्यक्ष विकास घिमिरे लगायतले समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

विदेशबाट प्राप्त रकम वडाध्यक्ष घिमिरेले पीडित दर्जीलाई हस्तान्तरण गरेका हुन ।

विदेशबाट प्राप्त सहयोग रकम हस्तान्तरण गर्दै वडाध्यक्ष घिमिरे ।

प्यारालाइसिस रोगले थलिएपछि आर्थिक अभावका कारण दर्जीको उपचारमा समस्या भएको छ । उनको उपचारका लागि सुबिधा सम्पन्न अस्पताल लैजानुपर्ने भएकाले थप समस्या सृजना भएको परिवार स्रोतले जनाएको छ ।

दर्जीको दयनीय अवस्था थाहा पाएर मानवताको हिसाबले आफूहरुले सहयोग उपलब्ध गराएको हङकङमा रहेका सुरेश यक्सोले टेलिफोन मार्फत बताएका छन् । पीडित दर्जीलाई सहयोग गर्न याक्सोले सवैमा अपिल पनि गरेका छन् ।

विपन्न परिवार र रोगका कारण कष्टकर जिवन विताईरहेका दर्जीको उपचारमा सहयोग गर्न वडाध्यक्ष घिमिरेले पनि सवै समक्ष आग्रह गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!