मोरङ–सुनसरी करिडोर महिला मजदुरको भरमा
पथरी, मोरङ, २० फागुन । गाउँमा पुरुष कमै देखिन्छन् । कामदार खोज्दै उद्योगमा जाँदा पनि मजदुर फेला पर्दैनन् । अन्तत: गर्न सक्ने काममा महिला नै प्रयोग गर्ने निचोडमा पुग्दै यतिबेला मोरङ–सुनसरी करिडोरका दर्जनौँ ठूला उद्योगले महिलालाई कामदारका रुपमा प्रयोग गर्न थालेका छन् ।
महिला पनि घरमै त्यसै बस्नुभन्दा दैनिक रु ४०० सम्म आम्दानी हुने काममा लाग्न थालेका छन् । अहिले करिडोरका सयभन्दा बढी ठूला उद्योगमा...


























