देवकला कार्की/संगालोखबर

धनकुटा, २० फागुन । धनकुटाको चौविसे गाउँपालिका–१ छ नं.वुधवारेको शारदा माध्यमिक बिद्यालयलाई १५ लाख लागतमा निर्माण गरिएको पुस्तकालय भवन हस्तान्तरण गरिएको छ ।

छ नं.वुधवारे घर भई अमेरिका वस्दै आएका युगेशप्रसाद श्रेष्ठले स्वर्गिय आमा वुवाको स्मृतिमा पुस्तकालय भवन निमार्ण गरि विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

Advertisement

पुस्तकालयका लागि चार कोठे भवन निमार्ण गरि श्रेष्ठले विद्यालयलाई हस्तान्तरण गरेको विद्यालयका शिक्षक जितेन्द्रकुमार मगरले वताएका छन् । उनका अनुसार श्रेष्ठले विद्यार्थीहरुका लागि आवश्यक पुस्तकसमेत उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

शारदा माविको मुलगेट । तस्बीर: देवकला कार्की/संगालोखबर

पुस्तकालय बन्ने भएपछि सो बिद्यालयमा अध्ययनरत विद्यार्थीलाई पठनपाठनमा सहज हुँने भएको छ । कोर्षका विषयवस्तु वाहेक वाहिरी ज्ञानगुनका विषयवस्तु समेटिएका पुस्तकहरु पढन पाउने भएपछि विद्यार्थी हर्षित भएका छन् ।

यस्तै पूर्वविद्यार्थीहरुले पनि पाँच थान कम्प्युटर विद्यालयलाई प्रदान गरेका छन् । सन् १९९८ मा स्थापना भएको शारदा मावि जिल्ला कै दोश्रो विद्यालय रहेको वताईन्छ । सो बिद्यालयमा हाल शिक्षा तथा बाणिज्य संकायमा उच्च शिक्षासमेत पढाई हुँदै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!