सुरुङ्गा (झापा) १५ फागुन । मोफसलकै सर्वाधिक पुरस्कार राशि भएको तेस्रो झापा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन १९ गतेदेखि शुरु हुने भएको छ ।

Advertisement

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने सो प्रतियोगितामा भारतको सिक्किम युनाइटेड क्लव, तीन विभागीय टोलीसहित १० टोलीको सहभागिता रहने आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले जानकारी दिनुभयो ।

प्रतियोगितामा आयोजक टिम रमपम झापा ११ सहित मनाङ मस्र्यांदी, थ्री स्टार क्लब, त्रिभुवन आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरीबल, सहारा क्लब पोखरा, रुपन्देही ११, सुदुरपश्चिम ११ कैलाली र भारतको सिक्किम युनाईटेड क्लबबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताको विजयी टोलीले रु १२ लाख ५१ हजार र उपविजेता टोलीले रु छ लाख प्राप्त गर्नेछ ।

त्यस्तै झापा ११ बाट उत्कृष्ट खेल प्रर्दशन गर्ने एक खेलाडीलाई मोटरसाइकलसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिने पनि सो अवसरमा जानकारी गराइयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!