ईश्वर थापा/संगालोखबर

धनकुटा, १८ फागुन । धनकुटा नगरपालिका–५ कोे बडहरे सामुदायिक बनमा आगलागी भएको छ । बालमन्दिर क्षेत्र भन्दा तल रहेको सो सामुदायिक बनमा अपरान्ह ४ बजेबाट आगलागी सुरु भएको हो ।

प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणको प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यो समाचार तयार पार्दा सम्म आगो नियन्त्रणबाहिर छ ।

Advertisement
धनकुटाको बडहरे सामुदायिक बनमा लागेको आगो । तस्वीर : संगालोखबर

आगो अनियन्त्रित भएकाले बालमन्दिर बजार क्षेत्र जोखिममा रहेको सामुदायिक बन उपभोक्ता महासंघ धनकुटाका अध्यक्ष राजेन्द्र खड्काले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार आगो नियन्त्रण हुँन नसकेमा बालमन्दिरको जलाधार क्षेत्रका दर्जनौ घर जोखिममा छन् । उक्त सामुदायिक बन ३६ दशमलव ४२ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!