- संगालोखबर सम्वाददाता

धनकुटा, १६ फागुन । धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आगामी आर्थिक बर्षदेखि धनकुटा नगरवासीले जिल्ला अस्पतालबाट निःशुल्क उपचार पाउँने घोषणा गरेका छन् ।

जिल्ला अस्पतालको १०४ औं वार्षिकोत्सव एवं स्वास्थ्य सेवा दिवशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख तामाङले यस्तो घोषणा गरेका हुन् ।

Advertisement

धनकुटा जिल्ला अस्पतालबाट पाईने सम्पूर्ण उपचार आगामी आर्थिक बर्ष ०७५/०७६ देखि निःशुल्क गरिने नगर प्रमुख तामाङको भनाई छ । आगामी साउन महिनादेखि धनकुटा नगरवासीको सम्पूर्ण उपचार खर्च नगरपालिकाले बेहोर्ने तामाङले बताए ।

नगरपालिकाले नगरवासीको स्वास्थ्य उपचारकालागि विशेष नीति तथा कार्यक्रम तर्जुमा गरिरहेको भन्दै नगर प्रमुख तामाङले धनकुटा अस्पतालवाट नगरवासीकालागि हुने सवै खाले उपचार सेवा निःशुल्क गरिने प्रस्ट पारेका छन् ।

नगर प्रमुख तामाङले धनकुटा अस्पतालको स्तर उन्नतीका लागि नगरपालिका लागिपरेकाले अव चाडै धनकुटा अस्पताल ५० शैयाको हुने पनि उल्लेख गरेका छन् । ‘धनकुटा अस्पतालले अव चाँडै फड्को मार्छ ।’ तामाङले भने ‘अस्पतालको स्तरोन्नती गरेर ५० शैयाको बनाउँछौ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!