मंगलबारे, इलाम, १६ फागुन ।  आगो ताप्ने क्रममा शरीरमा आगो सल्किँदा इलाममा एक महिलाको मृत्यु भएको छ ।

मंगलबार शरीरमा आगो सल्किएकी माईजोगमाई–५ की ५५ वर्षीय निरकुमारी राईलाई उपचार गर्न लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

Advertisement

उनी आगो ताप्ने क्रममा चुलोमा लड्दा शरीरमा आगो लागी घाइते भएको बताइएको छ । धरानको घोपातर्फ लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको बताइएको छ । अहिले उनको शव घर फर्काइएको छ ।

अरिङ्गालको गोला झार्दा लडेर मृत्यु

यसैबीच, अरिङ्गालको गोला झार्ने क्रममा लडेर एक महिलाको घटनास्थलमा नै मृत्यु भएको छ । इलाम माईजोगमाई गाउँपालिका–४ बस्ने दिलमाया राईको गएराति रूखबाट लडेर मृत्यु भएको हो ।

अरिङ्गालको गोला झार्नका लागि खिर्राको रूखमा चढेकी राई अरिङ्गालले टोकी सोही रूखबाट झर्दा घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ । ३० वर्र्षीय दिलमाया राईसँगै निजको छोरा र अन्य छिमेकीसहित चारजना अरिङ्गालको गोला झार्न जंगलमा गएको बताइएको छ । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय, इलामले जानकारी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!