धनकुटा, १६ फागुन । धनकुटाका बिभिन्न स्थानमा बिहीबार भब्य रुपमा होली मनाउँने तयारी गरिएको छ । सदरमुकामका चौक–चौक देखि आसपास क्षेत्रका बजारहरुमा पनि बिषेश कार्यक्रम गरेर होली मनाउँने तयारी गरिएको आयोजक सस्थाहरुले जनाएका छन् ।
यसैवीच होलीको अबसरमा स्टेप धनकुटाले स्थानीय यूवा समुहहरुको लाईभ कन्सटका साथ स्थानीय जनप्रतिनिधिहरुसंग होली मनाउने भएको छ । सो सस्थाले पत्रकार सम्मेलन गरेर प्रदेश र केन्द्रका प्रतिनिधि, नगर प्रतिनिधि र सरकारी कार्यालयका प्रमुखहरुसँग होली खेल्ने कार्यक्रम तय गरिएको जानकारी दिएको हो ।
‘रंगहरुको पर्व होली, रिसराग बैमन्यता छोडी, संस्कृति मनाऔ दिल खोली’ भन्ने नाराका साथ धनकुटा–६ भीमसेनथानमा कार्यक्रम गर्ने तयारी गरिएको सस्थाका अध्यक्ष रजत पोख्रेलले जानकारी दिए । उनका अनुसार बिहान १० बजेदेखि हुने कार्यक्रममा पानीको फोहोरासंगै डिजे संगित र नगरका ४ वटा यूवा समुहको साँगीतिक प्रस्तुती रहनेछ ।
महिलाहरुलाई ‘फ्री वाईन अफर’
टुबोर्ग, हिन्वा वाईको मुख्य प्रायोजन र स्थानीय ब्यसायीहरुको सहयोगमा हुन लागेको होली बिषेश कार्यक्रममा महिलाहरुलाई ‘फ्री वाईन अफर’ समेत रहेको कार्यक्रम संयोजक बिमर्शमान आमात्यले बताए । उनका अनुसार ईच्छुक महिलाहरुका लागि ‘फ्री वाईन अफर’ गरिएको हो ।
यसैवीच धनकुटाको मदनचौक लगायत सदरमुकामका बिभिन्न स्थानमा पनि बिभिन्न साँस्कृतिक कार्यक्रमसहित भब्य रुपमा होली मनाउँने तयारी गरिएको छ । मदनचौकमा ११ बजेबाट होली बिशेष कार्यक्रम आयोजना गरिएको स्थानीय सोवित श्रेष्ठले संगालोखबरलाई जानकारी दिएका छन् ।