- ईश्वर थापा/संगालोखबर

धनकुटा, २० फागुन । धनकुटामा आजबाट प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव सुरु हुँदैछ । स्थानीय तल्लो टुडिखेलमा सञ्चालन हुँने महोत्सवको मुख्यमन्त्री शेरधन राईले बिहान साँढे ११ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।

Advertisement

धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा हुने महोत्सव फागुन ३० गतेसम्म चल्नेछ । ११ दिनसम्म चल्ने महोत्सवमा कृषि, पर्यटन, स्थानीय उद्योग र उत्पादनलाई प्राथमिकता दिईने आयोजक समिति संयोजक उमेश घिमिरेले जानकारी दिए । महोत्सवमा घरेलु तथा हस्तकलाका सामग्रीहरुको प्रदर्शनी, उद्योग व्यवसायको प्रर्वद्धन, जडिबुटी उत्पादनलाई प्रचारप्रसार, कृषि प्रदर्शनी तथा विक्री हुनेछ ।

महोत्सवमा धनकुटाका धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्न हेलिकप्टरको व्यवस्था मिलाइएको छ । हेलिकप्टर मार्फत ताप्लेजुङको पाथीभरा मन्दिर, खोटाङको हलेसी मन्दिर र संखुवासभाको गुफापोखरी दर्शनका लागि टुर प्याकेजको व्यवस्था र हर्ष राइडिङ (घोडा चढी) पनि महोत्सवको आकर्षणको रुपमा रहेको छ ।

यो पनि पढ्नुहोस…

धनकुटा महोत्सवको तयारी पुरा

यस्तो छ धनकुटा महोत्सवको तयारी, भिडियो हेर्नुहोस् …

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!