उर्लाबारी, मोरङ, १८ फागुन । मोरङको धनपालथान गाँउपालिकास्थित रंगेली–विराटनगर सडकखण्डमा मोटरसाइकलको ठक्करबाट गएराति पैदलयात्रीको मृत्यु भएको छ ।

को २३ प ६१६७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय विहारी रायको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

Advertisement

रायलाई राति ११ः३० बजेतिर धनपालथान गाउँपालिका–६ स्थित दादरबैरिया चोकमा ठक्कर दिएको थियो । ठक्कर दिने मोटरसाइकलका चालक मोरङ, कटहरी गाउँपालिका–५ बस्ने सरोज उराउ समेत घाइते भएका छन् । उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!