- ईश्वर थापा/संगालोखबर

धनकुटा, १६ फागुन । आगामी आईतबारदेखि सुरु हुने धनकुटा महोत्सव तथा प्रादेशिक औद्योगीक ब्यापार मेला तथा कृषि प्रदर्शनीको तयारी तिव्र पारिएको छ ।

‘कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा, स्वरोजगार, उद्योग र व्यापार, समुन्नत प्रदेश नं. १ को आर्थिक विकासको आधार’ भन्ने नारासहित धनकुटा उद्योग वाणिज्य संघको आयोजनामा फागुन २० देखि ३० गतेसम्म महोत्सव हुन लागेको हो । महोत्सवको तयारी तिव्र रुपमा गरेर अन्तिम चरण पुर्याइएको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्ने निश्चित भएको छ ।

Advertisement
टुडिखेलमा महोत्सवको तयारी गरिदै । तस्वीर: देवकला कार्की/संगालोखबर

महोत्सवमा १ सय २५ प्रर्दशनी स्थल र २५ फुड स्टल मध्ये हालसम्म फुड स्टल २३ र प्रर्दशनी स्थल १ सय बढी बुकिङ भइसकेको बाल उद्यान तथा स्टल समिति संयोजक रोशन श्रेष्ठले बताएका छन् । को–को कलाकार ल्याउँने भन्ने बिषयमा कुरा भइरहेकाले टुंगो लाग्न मात्र बाँकी रहेको कलाकार व्यवस्थापन समिति संयोजक विकास घिमिरेले बताए ।

महोत्सव हुँने धनकुटाको तल्लो टुडिखेलमा अहिले स्टल निर्माण कार्यदेखि घेरावारा, स्टेज निमार्ण लगायतको काम धमाधम भईरहेको छ । सवै उपसमितिले आ–आफ्नो काम अन्तिम चरणमा पुर्याएको प्रचार प्रसार समिति संयोजक विजय सन्तोषी राईले जानकारी दिएका छन् । महोत्सवमा करिव एक लाख आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर तीन करोड वढिको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!