- ईश्वर थापा/संगालोखबर

धनकुटा, १६ फागुन । धनकुटामा आयोजना हुन लागेको प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सवलाई सफल बनाउन आयोजक उद्योग वाणिज्य संघले सरोकारवालाहरुसँग छलफल गरेको छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष एवं महोत्सव मुल आयोजक समिति संयोजक उमेश घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने सहभागिहरुले कृषि पर्यटनलाई मुख्य प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औल्याएका छन् ।

Advertisement

कार्यक्रममा एमाले सचिब सुरेन्द्र पौडेल, माओवादी केन्द्रका सन्देश विहानी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भोगेन्द्र थापा, धनकुटा बहुमुखि क्याम्पसका निमित्त क्याम्पस प्रमुख किरण घिमिरे लगायतले कृषि पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले महोत्सवले गतिलो सन्देश दिनुपर्ने, विगतका महोत्सवमा प्रर्दशनी कम र मनोरञ्जन बढि भएकाले यसपालि प्रर्दशनी बढि बनाउनु पर्ने र स्थानीय उत्पादनलाई बढी प्राथमिकता दिनुपर्ने बताएका छन ।

कार्यक्रममा आयोजक समिति संयोजक घिमिरेले महोत्सवलाई सफल बनाउन सहयोगकालागि सवै सरोकारवालाहरुमा आग्रह गरेका छन् ।

धनकुटाको तल्लो टुडिखेलमा यहि फागुन २० देखि ३० गतेसम्म प्रादेशिक औद्योगिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवं चौथो धनकुटा महोत्सव आयोजना गरिएको छ ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले महोत्सव उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!