काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ  रोजेको छ ।

Advertisement

नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल र क्यानडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

अन्तिम चरणमा आइपुग्दा क्यानडा, नेपाल र नामिबियाले समान ६ अंकसहित शीर्ष स्थानमा रहँदै छनोटको सम्भावनालाई बलियो बनाएका छन्। यस्तै युएईले पनि छनोट हुने आशालाई जिवितै राखेको छ।

शीर्ष २ भित्र परेका टिम आउँदो सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुने प्रतियोगितामा छानिनेछन्।

चारपल्ट विश्वकप खेलिसकेको क्यानाडाले २०१४ को विश्वकप छनोटपछि रेलिगेसनमा पर्दै डिभिजन २ हुँदै ३ मा झरेको थियो । डिभिजन ३ को उपविजेता बन्दै क्यानाडा डिभिजन २ मा खेलिरहेको हो।

क्यानडा र नेपालबीच भएका पछिल्ला २ खेलमा दुवै टिमले १–१ जित हात पारेका छन्। तीन वर्षअघि नामिबियामै भएको डिभिजन–२ मा नेपालले क्यानडामाथि ७ विकेटको जित हात पारेको थियो।

नेपाली टिममा आशलाग्दा खेलाडिहरु सन्दिप लामिछाने, सोमपाल कामि र पारस खड्का रहेका छन । त्यस्तै क्यानडाको टिममा रूभिन्दु गुणसेकेरा र नीतिस कुमार रहेका छन ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!