काठमाडाैँ, ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा नेपालले युएईसँग टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

Advertisement

नामिवियाको एन्डरर्स मैदानमा युएईले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो।

यसअघि समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो।

समूह चरणमा भएका ५ मध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने युएई ५ मध्ये तीन खेलमा मात्र जित हात पारेको छ।

बुधबार नेपालले क्यानडालाई र युएईले नामिबियालाई हराएपछि दुई टिमबीच उपाधि भिडन्त हुन लागेको हो । यसअघि डिभिजन टू मै नेपालले युएईलाई हराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!