डीपीएल अक्सन: चार क्रिकेट खेलाडी महँगोमा बिक्री भए
काठमाडौँ, ९ फागुन । दोस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपीएल) क्रिकेट प्रतियोगिताको अक्सनमा करण केसी, आरिफ शेख, वसन्त रेग्मी तथा सागर पुन सबैभन्दा महँगो खेलाडीको रुपमा बिक्री भएका छन् ।
ती चारैजना खेलाडी छुट्टाछुट्टै टोलीमा रु एक लाख ५० हजारमा विकेका हुन् । केसी र शेखलाई महेन्द्रनगर युनाइटेडले किन्यो भने रेग्मीलाई विराटनगर किंग्सले तथा पुनलाई रुपन्देही च्यालेन्जर्सले खरिद गरेको हो ।
त्य...
























