सुनसरी, २७ माघ । २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ। 

शनिबार भएको फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै सिजनमा दोस्रो उपाधि जित्न सफल भएको हो।

अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक भए पछि थ्रीस्टारले उपाधि जित्नुका साथै एक साताअघि पोखरामा भएको हारको बदला समेत लिएको छ।

Advertisement

धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ वर्षपछि घरेलु फुटबलमा फर्केको थ्रीस्टारले यही महिना इटहरी गोल्डकपको उपाधि उचालेको थियो।

पुलिसले बुधबार पहिलो सेमिफाइनलमा संकटा क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । बिहीबार भएको खेलमा भारतको दुर्गापुर स्टिल फुटबल क्लब कलकत्तालाई १–० ले हराउँदै थ्री स्टार उपाधि नजिक पुगेको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!