काठमाडौं, २८ माघ  । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ ।

मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो । खेलमा टस जितेर  नेपालले  फिल्डिङ रोजेको छ ।

Advertisement

नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए ।

नेपालले आज यूएईसँग खेल्ने खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि नेपालले नामिबियाविरुद्धको खेल जितेकाे थियो भने ओमानसँग पराजित भएको थियो । ताजा अपडेट अनुसार नेपालका बलर सोमपाल कामीले १ विकेट हात पारेका छन्।  युएइले २ ओभरमा १ विकेट गुमाउदै ६ रन बनाएकाे छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!