संगालोखबर संवाददाता

काठमाडौं, २९ माघ । नामिबियामा जारी आर्इसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ।

Advertisement

बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख, रोहित कुमार पौडेल र पारस खड्काले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा नामिबियालाई हराउँदै दोस्रो स्थानमा यथावत रहेको हो।

१७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि कप्तान पारस खड्काको ४२ रन तथा आरिफ र रोहितको शानदार ब्याटिङ मद्दतमा केन्यालाई ३ विकेटले पराजित गर्दे तेस्रो जित हासिल गरेको हो।

 यस्तै समान ४ खेलबाट ६ अंक भएको क्यानडा राम्रो रन रेटका आधारमा समूहको शीर्ष स्थानमा छ। यता लगातार ३ हारपछि केन्या भने शीर्ष २ को होडबाट बाहिरिएको छ।

नेपालको जितमा सन्दीपले ५ विकेट लिए भने ब्याटिङमा रोहित पौडेलले सर्वाधिक ४७ रनको योगदान गरे। यस्तै कप्तान पारस र आरिफले समान ४२-४२ रन बनाए।

आरिफ र रोहितले छैटौं विकेटका लागि ८७ रनको साझेदारि गरेका थिए।

यस्तै सरद भेषवाकर १९ रनको व्यक्तिगत स्कोरमा आउट भए। ५७ बल खेलेका उनले १ चौका प्रहार गरे।

राष्ट्रिय टिममा डेब्यु गरेका अनिल शाह खाता खोल्न नपाउँदै आउट भएपछि नेपालले ८ रनमा पहिलो विकेट गुमाएको थियो।

त्यसपछि १४ रन बनाउँदा नेपालले थप दुई  विकेट खेर फाल्यो। ज्ञानेन्द्र मल्ल ९ रनमा आउट हुँदा दिपेन्द्रसिंह ऐरी एक रनमा पेभेलियन फर्किएका थिए।

आजको जितपछि नेपालले ४ खेलबाट ६ अंक बनाएको छ र दोस्रो स्थानमा उक्लिएको छ ।

यो सँगै नेपाल विश्वकप छनोट खेल्न लगभग छनोट भएको छ। अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement