काठमाडौं, २८ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालसामू युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

Advertisement

टस जितेर फिल्डिङ रोजेको नेपालले युएइलाई ३१ ओभरमा ११४ रनमा समेट्दै अलआउट गरेको हो। वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा सोमपाल कामीले अहम्मत राजालाई ३१ ओभरमा आउट गरेसँगै युएइ ११४ रनमा समेटियो।

खेलको १७ ओभरमा सन्दिप लामिछानेले लगातार दुई विकेट गिराएर युएइका मोहम्मद उस्मान र लगत्तै रमिज शाहजाद आउट भए। २४ ओभरको खेल सकिदा सन्दिपले अर्को एक विकेट गिराएर साइमन एनवारलाई पेभेलियन फर्काए। लगत्तै कप्तान पारस खड्काले मोहम्मद बुट््टालाई आउट गरे।

पारस खड्काले खेलको २६ ओभरमा अर्को १ विकेट गिराएर युएइका एडमान मुफ्तीलाई आउट गरे भने २६ ओभरको खेल सकिँदा युएइले १०२ रन बटुलेको थियो।

खेलको २८ ओभर सकिदा सोमपाल कामीले अर्को १ विकेट गिराएर मोहम्मद नविदलाई आउट गर्न सफल भए।

खेलको शुरुवातमा सोमपाल कामीको २ विकेटमा अस्फाक अहम्मद  तथा गुलाम सब्बर खेलको शुरुमै आउट भएका थिए। भने करण केसीले रोहन मुस्तफालाई आउट गरेका थिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!