काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को  चौथो खेलमा नेपालले केन्याविरुद्ध  फिल्डिङ  गर्दैछ ।

Advertisement

नामिबियाको विन्डहकमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो ।

नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ । नेपालले नामिबिया र युएईलाई पराजित गर्‍यो भने ओमानसँगको खेलमा हार बेर्होयो।

नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दुई म्याच भएका थिए । काठमाडौंमा भएको दुई म्याचमध्ये नेपालले एक जित र एक हार व्यहोरेको थियो ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो। डिभिजन–२ मा यसअघि खेलेका दुबै खेल गुमँएइसकेको केन्या जीत विहिन अवस्थामा तालिकाको पुछारमा छ।

केन्या तेस्रो खेल खेल्दैछ भने नेपाल आफ्नो चौथो खेल खेल्दैछ। राजधानी विन्डहकमा हुने केन्या विरुद्धको खेलमा जित हात पार्न सके नेपालको विश्व कप छनोट खेल्ने सम्भावना थप बलियो हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!