काठमाडौँ, २५ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नामिबियाले नेपाललाई जितका लागि १३९ रनको लक्ष्य दिएको छ ।

Advertisement

नामिबियाको विन्डहकस्थित एफिज पार्क मैदानमा टस हारेपछि नामिबियाले ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा ३४.२ ओभरमा सबै विकेट गुमाउँदै १३८ रन बनायो ।

नामिबियाका लागि क्रेग विलियम्सले ४१ रन तथा जेन फ्रेलिङक र जाने ग्रिनले २२/२२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि सन्दिप लामिछानेले चार, सोमपाल कामीले तीन तथा सरद भेसवाकर, पारस खड्का र बसन्त रेग्मीले एक/एक विकेट लिए ।

अहिले नेपालले जवाफी ब्याटिङ गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!