काठमाडौं, २५ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत नेपाल र नामिबियाबीचको खेल वर्षाले रोकिएको छ ।

Advertisement

१३९ रनकाे विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ४३ ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन जोड्दा खेल वर्षाले रोकिएको हो।

४३ ओभरको समाप्तिपछि नामिबियाको विन्डहक स्थित एफिज पार्क मैदानमा पानी पर्न थालेपछि नेपाल थप समस्यामा परेको हो। ४३ ओभरको समाप्तीमा नेपालले ८ विकेट गुमाएर १११ रन बनाएको थियो। यही अवस्थामा खेल नभएर डिएल नियम अनुसार परिणाम घोषणा हुने हो भने खेल नामिबियाको पक्षमा जानेछ।

नेपाललाई जितका लागि ४२ बलमा २८ रनको अावश्यकता छ । खाता खोल्न नपाउँदै दिलिप नाथलाई गुमाएको नेपालले एक पछि अर्को खेलाडी सस्तैमा गुमाएपछि थोरै लक्ष्यसमेत भेट्टाउन सकेन। नेपालका लागि  कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले दोस्रो विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।

 

तर नेपालको स्कोर ३२ रन हुँदा कप्तान पारस १९ रनमा आउट भएपछि  नेपालले दोस्रो विकेट गुमायो। लन्च ब्रेक लगत्तै ब्याटिङ सुरु गरेको नेपालले ३३ रनमा तेस्रो विकेट गुमायो।

आरिफ शेख खाता खोल्न नपाउदै आउट भएपछि आएका दिपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए। नेपालको स्कोर ५० रन हुँदा आफ्ना महत्वपूर्ण पाँच विकेट गुमाइसकेको थियो।

लगत्तै करण केसी पनि ३ रनमा आउट भएपछि नेपालको ब्याटिङ निकै दबावमा आएको थियो।  त्यसपछि रोहित कुमार पौडेलसँग ३६ रनको साझेदारी गर्दै नेपाली पारी सम्हाल्न आएका सरद भेसवाकर २९ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि नेपाल थप दबाबमा परेको छ।

रोहित कुमार पौडेल केही टिकेर खेले पनि १७ रन भन्दा बढी बनाउन सकेनन्। सोमपाल कामी र बसन्त रेग्मीले अभिजित खेलेका थिए।

नेपालको इनिङ ध्वस्त पार्ने क्रममा नामिबियाका बर्नाडले सर्वाधिक ४ विकेट लिए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!