धरान, माघ २५ । धरानमा जारी २० औं रेडबुल बुढासुब्बा गोल्डकपमा थ्री स्टारले भारतको पाहुना टोली दुर्गापुर स्टिललाई हराउदै फाइलन प्रबेश गरेको छ।

धरानको प्रादेशिक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा दुर्गापुरलाई ० का विरुद्ध  १ गोल गर्दै थ्री स्टार फाइनलमा पुगेको हो। खेलको ७३ औं मिनेटमा अनन्त तामाङलाई रिप्लेस गर्दै मैदान छिरेका विष्णु गुरुङ्गले ९४औं मिनेटमा गोल गर्दै थ्री स्टारलाई जित दिलाएका हुन्।

शनिबार हुने फाइनलमा थ्री स्टारले नेपाल पुलिसको सामना गर्नेछ।

यसैगरी नेपाल पुलिस क्लब लगातार दोस्रो साता नकआउट फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ। अर्को ए डिभिजन क्लब सिएमजी क्लब संकटालाई २–१ ले हराउँदै बुधबार पुलिस २० औं बुढासुब्बा गोल्डकपको उपाधि नजिक पुगेको हो।

निर्धारित समय १–१ को बराबरीमा टुंगिएको खेलको थपिएको समयमा पुलिसका बुद्ध लामाले निर्णायक गोल गरे।

बुद्धले १५ मिनेट थपिएको समयको ११ औं मिनेटमा गोल गर्दै पुलिसलाई फाइनल पुर्‍याएका थिए।

यसअघि खेलमा पुलिसले अग्रता लिएको थियो। पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफको ५४ औं मिनेटमा रजिन सुब्बाले गोल गरे। तर ६४ औं मिनेटमा प्रकाश बुढाथोकीले बराबरी गोल गरेपछि खेल थप समयमा धकेलिएको थियो।

शनिबार हुने फाइनलमा पुलिसले थ्री स्टार र भारत कोलकाताको दुर्गापुर स्टिल एफसीको विजेतासँग सामना गर्नेछ।

शनिबारमात्र पुलिसले पोखरामा थ्री स्टार क्लबलाई १–० ले हराउँदै १६ औं आहा रारा गोल्ड कपको उपाधि उचालेको थियो।

त्यसअघि टोलीले माघको सुरुआतमा राखेप च्याम्पियनसिप अन्तर्गतको फुटबलमा स्वर्ण पदक जितेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!