विराटनगरमा चोरी गर्ने तीन जना पक्राउ, झोलाबाट पत्ता लाग्यो चोर

विराटनगरमा चोरी गर्ने तीन जना पक्राउ, झोलाबाट पत्ता लाग्यो चोर

विराटनगर । विराटनगर महानगरपालिका-१२ कामत चोककी संगिता यादवको घरमा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । चोरीमा संलग्न रहेका सोही वडाका ३१ वर्षीय धिरेन्द्र कामत, वडा नं. २ का २१ वर्षीय सुदिप कामत र वडा नं. ६ का २२ वर्षीय विवेक कामतलाई प्रहरीले पक्राउ गरेको हो । गत असोज ३ गते मान्छे नभएको मौका पारी यादवको घरबाट खरानी रंगको झोलासहित सुन, चाँदी, नगद र मोबाइल चोरी भएको थियो । घटनाको जानकार...
वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

वर्षापछिको डुबानले विराटनगर कति प्रभावित ?

विराटनगर । केही दिन अघिको अविरल वर्षाका कारण भएको डुबानबाट विराटनगरका करिब एक हजार मानिस प्रभावित भएका छन् । असोज १८ देखि २० गतेसम्म तीन दिनको वर्षाले विराटनगर महानगरको पाँच वटा वडाका २ सय १८ घरमा डुबान हुँदा ९ सय ८१ व्यक्ति प्रभावित भएका हुन् । विराटनगर-१६ दरैयाका ७७ घरमा डुबान हुँदा ३८१ जना, १२ नं.को बखरीमा ७५ घर डुबानमा पर्दा ३५० जना र २ नं. का ३५ घरमा डुबान हुँदा १५० जना प्रभावित भए । त्यस्...
मोरङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा कार्ड वितरण स्थगित

मोरङमा राष्ट्रिय परिचयपत्र दर्ता तथा कार्ड वितरण स्थगित

विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण अनिश्चित कालका लागि स्थगित गरेको छ । आज एक सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि राष्ट्रिय परिचय पत्र दर्ता तथा कार्ड वितरण स्थगित भएको कार्यालयले जनाएको छ । गत भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडका कारण उपकरण तथा कार्डमा क्षति पुगेका कारण स्थगित गर्नुपरेको सूचनामा उल्लेख गर...
जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका ९ कैदीबन्दी उदयपुरबाट पक्राउ

उदयपुर । जेनजी आन्दोलनका क्रममा भागेका कैदीबन्दी उदयपुरबाट पक्राउ परेका छन् । विभिन्न कारागारबाट भागेका ९ जना कैदीबन्दी पक्राउ परेका हुन् । उदयपुर प्रहरीका अनुसार पक्राउ पर्नेमा जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध, सवारी अङ्गभङ्ग लगायत मुद्दाका कैदीबन्दी छन् । जबरजस्तीकरणी मुद्दामा केन्द्रिय कारागार सुन्धारामा ११ वर्ष कैद सजाय भुक्तान गरिरहेका चौदण्डीगढी नगरपालिका ४ का ६४ वर्षीय ज्ञानबहादुर सा...
ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सिदिङवा गाउँपालिका-३ आङखोपमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सिदिङवा-३ आङखोपका ६० वर्षीय लोकबहादुर कुँवरको घटनास्थलमै मृत्यु भएको हो । मंगलबार साँझ पाँचथरको थर्पु हुँदै सिदिङवा गाउँपालिकाकै ढङढङे झरनाबाट आङ्खोपतर्फ जाँदै गरेको प्र १-०१-००१ ज ३४७० नम्बरको गाडी दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटनामा आङखोपकै ६० वर्षीय लोकबहादुर चौहान र ४५...
धनकुटामा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

धनकुटामा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा महिलाको मृत्यु

धनकुटा । धनकुटामा मोबाइल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सहिदभूमि गाउँपालिका–२ साम्भुगाउँकी ६४ वर्षीया सोमशेर माया राई छन् । चार्जमा राखेको मोबाइल निकाल्ने क्रममा गत बिहीबार दिउँसो उनलाई करेन्ट लाग्दा बाँया हातको करिब १० प्रतिशत भाग जलेको थियो । उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी लगिएको भएपनि सामान्य उपचार पश्चात घर फर्काइएको थियो ।...
झापामा बस दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते

झापामा बस दुर्घटना हुँदा दुईको मृत्यु, १३ जना घाइते

विराटनगर । झापाको बिर्तामोड नगरपालिका-६ स्थित गिरि बन्धु टि-स्टेट अगाडि भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा सुनसरी इटहरी-११ का ४६ वर्षीय दिनेश कुमार भट्टराई र मोरङको रंगेली-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो । बिहीबार विराटनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्र १-०१-००१ ख ४४५९ नम्बरको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार इ...
इटहरीमा काठको बटम प्रहार गरेर पतिले गरे पत्नीको हत्या

इटहरीमा काठको बटम प्रहार गरेर पतिले गरे पत्नीको हत्या

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-१२ मा पतिले पत्नीको हत्या गरेका छन् । खोटाङको ऐँसेलुखर्क गाउँपालिका-१ घर भई इटहरीमा कोठाभाडा गरी बस्ने ३० वर्षीय सुमन दाहालले सोमबार साँझ ८ बजेतिर २५ वर्षीया पत्नी अनिसा भट्टराईको हत्या गरेका हुन् । प्रहरीका अनुसार घरायसी विवादका क्रममा दाहालले पत्नीलाई काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए । घटनापछि गम्भीर घाइते भएकी अनिसालाई उपचारका लागि विरा...
विराटनगरमा दशैँको भव्य सजावट, बाँसका स्वागतद्वारले थप्यो ट्राफिक जाम

विराटनगरमा दशैँको भव्य सजावट, बाँसका स्वागतद्वारले थप्यो ट्राफिक जाम

विराटनगर । विराटनगरमा दशैँको रौनक बढेको छ । मेन रोडस्थित वडा प्रहरी कार्यालय नजिकबाट ट्राफिक चोकसम्म बाँसको प्रयोग गरेर स्वागतद्वार बनाइएको छ । यस्तै झिलिमिली बत्ती प्रयोग गरी सजाइएको छ । यसले साँझको समयमा रौनकता थपेको छ । रमणीय बजार क्षेत्रको दृष्यावलोकन गर्न स्थानीयहरू पुग्ने गरेका छन् । विगतका वर्षहरूमा पनि महानगरसँग अनुमति लिएर बजार क्षेत्रलाई सजाइने गरिएको थियो । तर यसपटक भने अनुमति बिनै स...
आयातित रङ्गको प्रयोगले लोप हुँदै रातो माटो र कमेरोले घर लिपपोत गर्ने चलन

आयातित रङ्गको प्रयोगले लोप हुँदै रातो माटो र कमेरोले घर लिपपोत गर्ने चलन

धनकुटा । पहिला-पहिला दशैँमा घर लिपपोत गर्न रातो माटो र कमेरोको प्रयोग हुन्थ्यो । तर पछिल्लो समय आयातित रङ्गका कारण रातो माटो र कमेरोको प्रयोग हराउँदै गएको छ । जसका कारण दशैँको रौनकता र मौलिकता पनि फेरिएको छ । ‘दशैँ नजिकिएसँगै गाउँघरमा रातो माटो र कमेरोले घर चिटिक्क पार्ने चलन थियो’, ‘धनकुटाका निलबहादुर थापाले भने, ‘अहिले आधुनिकतासँगै परम्परा पनि फेरिएको छ ।’ आधुनिक शैलीमा सिमेन्ट र कङ्क्रिटबाट...
धरानबाट दुई सय ७५ किलो गाँजासहित साँगुरीगढीका विव्सन पक्राउ

धरानबाट दुई सय ७५ किलो गाँजासहित साँगुरीगढीका विव्सन पक्राउ

सुनसरी। सुनसरीको धरान उपमहानगरपालिका-४ बुद्ध बिहारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका-८ का १९ वर्षीय विव्सन राई छन् । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भेडेटारबाट आउँदै गरेको अवस्थामा २७५ किलो गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका राईलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । उनका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सुनसरीका प्रहरी...
सुनसरीको झुम्का बजारबाट सुनको सिक्री चोरी गरेको आरोपमा बालक पक्राउ

सुनसरीको झुम्का बजारबाट सुनको सिक्री चोरी गरेको आरोपमा बालक पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका-१ झुम्का बजारबाट सुनको सिक्री चोरी गरेको आरोपमा बालक पक्राउ परेका छन् ।  शनिबार साँझ रामधुनी-३ का ५३ वर्षीय रत्नबहादुर न्यौपानेले लगाएको दुई तोला सुनको सिक्री चोरी गर्ने क्रममा बालक पक्राउ परेका हुन् ।  सुनसरी प्रहरीका अनुसार पक्राउ पर्नेमा बाराको जितपुर घर बताउने करिब १२ वर्षका बालक छन् । उनले बजारमा किनमेल गर्न आएका न्यौपानेको सिक्री चोरी गरेका थिए ।  ब...
विराटनगरवासीलाई सुरक्षा चिन्ता, ढुक्क भएर चाडपर्व मनाउन प्रहरीको आग्रह

विराटनगरवासीलाई सुरक्षा चिन्ता, ढुक्क भएर चाडपर्व मनाउन प्रहरीको आग्रह

विराटनगर । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका कारण उत्पन्न परिस्थितिले चाडपर्वको मुखमा सुरक्षा चुनौती थपिएको भन्दै विराटनगरवासी चिन्तित देखिएका छन् । मौकाको फाइदा उठाएर चोरी, डकैती लगायतका आपराधिक घटना हुन सक्ने भन्दै चिन्तित देखिएका हुन् । आन्दोलनका क्रममा प्रहरीको मनोबल कमजोर भएका कारण सक्रिय भएर काम गर्ने वातावरण नहुँदा चिन्ता थपिएको उनीहरू बताउँछन् । आन्दोलनपछि विराटनगरमा ट्राफिक व्यवस...
पाख्रीबास नगरपालिकालाई शिक्षकहरूको चेतावनी– आज तलब नपाए आन्दोलन गर्छौँ

पाख्रीबास नगरपालिकालाई शिक्षकहरूको चेतावनी– आज तलब नपाए आन्दोलन गर्छौँ

धनकुटा ।  धनकुटाको पाख्रीबास नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरूले आज तलब निकासा गरिदिन आग्रह गरेका छन् । नेपाल शिक्षक महासङ्घ आवद्ध घटक संस्थाहरूले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् । आर्थिक बर्ष २०८२/०८३ को प्रथम त्रैमासिक साउन, भदौ र असोजको तलबभत्ता तथा चाडपर्व खर्च निकासा नहुने दुःखद र आपत्ति जनक रहेको विज्ञप्तिमा भनिएको छ । ‘चाडबाडको मुखमा लामो...
सुनसरीबाट ६३७ किलो गाँजा बरामद, उदयपुरबाट दुई महिला पक्राउ

सुनसरीबाट ६३७ किलो गाँजा बरामद, उदयपुरबाट दुई महिला पक्राउ

सुनसरी । सुनसरीको कोशी गाउँपालिका-७ बाट बेवारिसे अवस्थामा रहेको १८ बोरा गाँजा प्रहरीले बरामद गरेको छ । आज बिहानको राति करिब २ बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम लोकमार्गको सडक किनारामा प्लाष्टिकको बोरामा राखिएको अवस्थामा गाँजा बरामद गरेको हो । बरामद भएको गाँजाको तौल ६ सय ३७ किलो ४५ ग्राम रहेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओस...
सुनसान बन्यो धनकुटा बजार (फोटो फिचर)

सुनसान बन्यो धनकुटा बजार (फोटो फिचर)

धनकुटा । केही दिनअघिसम्म भीडभाड र चहलपहलले भरिएको धनकुटा बजार अहिले सुनसान बनेको छ । दशैँ मनाउन गाउँ फर्किनेको संख्या बढेसँगै धनकुटा बजार चकमन्न बनेको हो । जिल्ला सदरमुकाम धनकुटामा प्रायः कर्मचारी, विद्यार्थी र विभिन्न राजनीतिक दलका नेताकार्यकर्ताले भरिने गर्छ । रोजगारी, अध्ययन र व्यापारिक गतिविधिका कारण सामान्य दिनमा भीड हुने बजार दशैँका कारण सुनसान बन्न थालेको छ । शुक्रबारदेखि नै बजारमा चह...
विराटनगर बसपार्कमा यात्रुको चाप न्यून, विगतमा जस्तो छैन चहलपहल

विराटनगर बसपार्कमा यात्रुको चाप न्यून, विगतमा जस्तो छैन चहलपहल

विराटनगर । देशभरबाट दशैँ मनाउनका लागि घर फर्किनेको संख्या बढिरहेको छ । यो क्रम अबको एकदुई दिनमा थप बढ्ने छ । विराटनगर बसपार्कमा भने विगतमा जस्तो यात्रुको चाप र चहलपहल नभएको पाइएको छ । विराटनगरबाट दैनिक लामो-छोटो दूरीका यात्रुबाहक सवारी पाँच सय हाराहारीमा चल्ने गरेका छन् । यो संख्या दशैँको समयमा केही थप भएको हो । विराटनगर बसपार्क व्यवस्थापन समितिका अध्यक्ष बिरु गुरुङका अनुसार गतवर्ष १५ दिन अगाडि...
विराटनगरमा ड्युटीमा खटिएका ट्राफिकलाई हातपात गर्नखोज्ने दुई जना पक्राउ

विराटनगरमा ड्युटीमा खटिएका ट्राफिकलाई हातपात गर्नखोज्ने दुई जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका-७ जैन भवन अगाडि ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई हातपात गर्न खोजेको आरोपमा दुई जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा विराटनगर-८ का २८ वर्षीय सविन कामत र सोही स्थानका २६ वर्षीय विवेक राय छन् । मोरङ प्रहरीका अनुसार चेकजाँचका क्रममा उनीहरूले अनावश्यक विवाद गर्दै ट्राफिक प्रहरीलाई हातपात गर्न खोजेका थिए । उनीहरूलाई आवश्यक कारबाही गरिएको मोरङ प्रहरीले जनाएको छ ।
धरानमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

धरानमा टिपरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-८ मा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । टिपरको ठक्करबाट पैदलयात्रा गरिरहेकी अन्दाजी ३५ वर्षीया महिलाको मृत्यु भएको हो । धरानबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७५०९ नम्बरको टिपरले कोशी लोकमार्गअन्तर्गत हिमाली पेट्रोल पम्पनजिकै महिलालाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । ...
सुनसरीमा भारतीय कारभित्र भेटियो ३४० किलो गाँजा

सुनसरीमा भारतीय कारभित्र भेटियो ३४० किलो गाँजा

विराटनगर । सुनसरी प्रहरीले भारतीय कारबाट गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः४० बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार बराहक्षेत्र नगरपालिका-५ विशाल चोकमा गाँजा ओसार-पसार भइरहेको सूचना प्राप्त भएको थियो । सोही आधारमा खटिएको प्रहरी टोलीले कारभित्रबाट ३४० किलो गाँजा बरामद गरेको हो । धरान...
विराटनगरमा तास खेलिरहेका आठ जना पक्राउ

विराटनगरमा तास खेलिरहेका आठ जना पक्राउ

विराटनगर । विराटनगर-८ मधुमाराबाट तास खेलिरहेको अवस्थामा आठ जना पक्राउ परेका छन् । बिहीबार साँझ स्थानीय गोविन्द राजवंशीको घरमा तास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् । प्रहरीका अनुसार भक्तपुर नगरपालिका-१२ का ३७ वर्षीय अनिलबाबु कुँवर, विराटनगर-८ का ६० वर्षीय पदम भट्टराई र सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका-१ घर भइ हाल विराटनगर-८ मा बस्ने ४२ वर्षीय छत्रबहादुर बस्नेत छन् । यस्तै भोजपुर...
चार पत्रकारलाई फेलोसिप हस्तान्तरण

चार पत्रकारलाई फेलोसिप हस्तान्तरण

विराटनगर । विकल्प एन अल्टरनेटिभले इन्टरनेसनल अलर्टसँगको सहकार्यमा चार जना पत्रकारलाई फेलोसिप हस्तान्तरण गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गरी विकल्पले जनही ५० हजारको फेलोसिप हस्तान्तरण गरेको हो । नागरिक दैनिकका विनोद सुवेदी, सुनौलो नेपालकी चिना थापा, अन्नपूर्ण पोस्टका किशोर बुढाथोकी र कान्तिपुर दैनिकका पर्वत पोर्तेलले फेलोसिप पाएका छन् । फेलोसिपका लागि आह्वान गरेको खुला आवेदनको आधा...
धनकुटाको सिधुवा बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

धनकुटाको सिधुवा बजार अनुगमन, म्याद गुज्रिएका सामान बरामद

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका-६ स्थित सिधुवामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । आज सिधुवा बजर क्षेत्रका करिब एक दर्जन बढी किरान तथा खुद्रा पसलको अनुगमन गरिएको हो । अनुगमनका क्रममा पसलमा बिक्रीका लागि राखिएका अखाद्य बस्तु तथा पेय पदार्थ जफत गरिएको छ । अनुगमनका क्रममा म्याद गुज्रिएका र अखाद्य बस्तु भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षण अधिकारी सु...
मोरङको कानेपोखरीमा ट्रक र बस ठोक्किँदा ६ जना घाइते

मोरङको कानेपोखरीमा ट्रक र बस ठोक्किँदा ६ जना घाइते

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-२ दलेलीस्थित कानेपोखरी-रमाइलो सडक खण्डमा ट्रक र यात्रुबाहक बस ठोक्किँदा ६ जना घाइते भएका छन् । आज दिउँसो करिब १२ः३० बजे कानेपोखरीबाट रङ्गेलीतर्फ आउँदै गरेको ना ५ ख २८६९ नम्बरको ट्रक र विपरित दिशाबाट आउँदै गरेको को १ ख २९१२ नम्बरको यात्रुबाहक बस ठोक्किएका हुन् । दुर्घटनामा बस चालक मोरङको बेलबारी नगरपालिका-७ का २७ वर्षीय कुमार श्रेष्ठ र कटहरी गाउँपालिका-२ क...
विराटनगरको जुवाखालमा प्रहरीको छापा, ८५ हजार नगदसहित चार जना पक्राउ

विराटनगरको जुवाखालमा प्रहरीको छापा, ८५ हजार नगदसहित चार जना पक्राउ

विराटनगर । विराटनगर-१४ जतुवाबाट जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ परेका छन् । बुधबार राति गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ८५ हजार नौ सय ८५ रुपैयाँ नगदसहित चार जना पक्राउ परेका हुन् । घरधनी ४५ वर्षीय राजेश रञ्जितकार सहित स्थानीय सानु खवास, प्रशान्त थापा र विराटनगर-१६ का कैलाश डङ्गोललाई पक्राउ गरिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी कोपिला चुडालले जानकारी दिइन् । उनीहरूको साथबाट न...
अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

अर्थमन्त्री खनाल साधारण यात्रुहरू जस्तै विमानस्थलबाट बाहिरिए

विराटनगर । जेनजी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनाल बुधबार विराटनगर आए । विमानस्थलबाट अन्य यात्रु सरह नै उनी बाहिरिए । विमानस्थलबाट बाहिरिँदा र विमानस्थलमा प्रवेश गर्दा भीआईपी कक्षको प्रयोग नगरी खनाल साधारण यात्रु सरह नै लाइनमा लागेका हुन् । उनी विमानस्थलबाट बाहिरिएपछि विभिन्न कार्यक्रममा जानका लागि साधारण निजी गाडीको प्रयोग गरे । उनको स्वागतका लागि विमानस्थलमा भीडभा...
धनकुटाको बिहीबारे हटियामा किनबेच गर्नेको घुइँचो (फोटो फिचर)

धनकुटाको बिहीबारे हटियामा किनबेच गर्नेको घुइँचो (फोटो फिचर)

धनकुटा । धनकुटा नगरपालिका-५ स्थित बिहीबारे हटियामा दशैँ लक्षित किनमेल गर्नेको घुइँचो लागेको छ । हटियामा गाउँघरबाट खसीबोका, कुखुरा, हाँस, सुँगुर, खाद्यान्न, लत्ताकपडा लगायत बिक्रीका लागि ल्याइएको छ । साप्ताहिक लाग्ने हटिया भएपनि दशैँको किनमेलका कारण अत्यधिक भीडभाड छ ।   तस्बिर : सन्तोष सुवेदी/संगालोखबर
सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरीबाट १० किलो गाँजा बरामद

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ बाट प्रहरीले १० किलो गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १२ः२० बजे इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सडक छेउको झाडीबाट बोरामा पोको पारेर राखेको अवस्थामा गाँजा बरामद गरेको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । गाँजा ओसारपसार भइरहेको सूचना पाए...
धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

धनकुटा बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

धनकुटा । धनकुटामा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । यात्रुहरूको सहजताका लागि आज बसपार्कमा सहायता कक्ष स्थापना गरिएको हो । धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले यात्राका क्रममा हुने समस्या समाधान गर्न सहायता कक्षले महत्वपूर्ण भूमिका खेल्ने बताए । चाडपर्वको समयमा यात्रुहरूलाई सहजरूपमा गन्तव्यमा पुर्याउन सहायता कक्ष स्थापना गरिएको धनकुटाका ट्राफिक प्रमुख मनोज कुमार खड्काले जानक...
इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक जनाको मृत्यु 

विराटनगर । सुनसरीको इटहरीमा लेनदेन विवादमा कुटपिट हुँदा एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी-१६ का ४२ वर्षीय रामकुमार चौधरी छन् । बुधबार राति करिब ११ः२० बजे विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सुनसरीका प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । प्रहरीका अनुसार बुधबार राति ९ः३० बजे लेनदेन विवाद हुँदा सोही स्थानका ५५ वर्षीय लाले चौधरीले रामकुमारलाई कुटपिट गर...
धनकुटामा बजार अनुगमन, जफत भएको अखाद्य बस्तु नष्ट

धनकुटामा बजार अनुगमन, जफत भएको अखाद्य बस्तु नष्ट

धनकुटा । धनकुटामा चाडपर्व लक्षित बजार अनुगमन गरिएको छ । बुधबार धनकुटा नगरपालिका-६ र ७ तथा वडा नम्बर ९ स्थित मूलघाटमा सञ्चालित ४१ वटा पसल तथा होटलहरूमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा म्याद गुज्रिएका पेय पदार्थ तथा बिस्कुट, चिप्स, आटा लगायतका अखाद्य बस्तु भेटिएका छन् । यस्तै उत्पादन मिति र समाप्त मिति नराखिएका सामग्री पनि फेला परेका खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरी...
error: Content is protected !!