सुनसरीमा भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद
विराटनगर । कोशी प्रदेशमा पछिल्लो समय गाँजा तस्करी बढ्न थालेको छ । नियमित जसो ट्रक, कार, टेम्पो लगायतका सवारी साधनबाट प्रहरीले ठूलो परिमाण गाँजा बरामद गरिरहेको छ । यसैक्रममा सुनसरीबाट भारतीय नम्बर प्लेटको एम्बुलेन्सबाट गाँजा बरामद भएको छ ।
शनिबार राति सुनसरीको रामधुनी नगरपालिका-६ पिडारीबाट प्रहरीले बीआर ३८ पी ५४१४ नम्बरको एम्बुलेन्सबाट एक सय ८० किलो गाँजा बरामद गरेको हो । गोप्य सूचनाका आधारमा खट...






























