धरानमा साथीमाथि खुकुरी प्रहार गरेको आशङ्कामा पाँच जना पक्राउ
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ सदन रोडमा साथीमाथि खुकुरी प्रहार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । शनिबार राति स्थानीय २१ वर्षीय रिजन राईमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट राई गम्भीर घाइते भएका छन् ।
उनको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले संगालोखबरलाई जानकारी दिए । धरान-१३ का १८ वर्षीय उत्सव मगर, सोही स्थानका २१ वर...


























