मोरङको बुढीगंगामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-४ स्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक सुनसरीको दुहबी नगरपालिका-५ का ३१ वर्षीय प्रकाश साह र मोटरसाइकलको पछाडि सवार मोरङ विराटनगर-१५ की अन्दाजी ४० वर्षीया कन्चन झाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि विराट टिचिङ अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा ग...































